नेपालगन्ज – अन्त शुल्क अनुमति नलिएर सुर्तीजन्य पदार्थ वितरण गरिएको भेटिएपछि त्यसलाई नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा सोमबार संयुक्त बजार अनुगमन समितिले अनुमति नलिई सुर्तीजन्य पदार्थ बिक्री गरेको भेटिएको थियो ।
नेपालगन्जको गणेशमान चोकमा रहेको एक किराना पसलमा विना अनुमति बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ पसल सञ्चालक आफैले नष्ट गरेका हुन् । ‘१ सय ३० प्याकेट चुरोट र गुट्काजन्य पदार्थ पसल सञ्चालक आफैले अनुगमन समिति कै अगाडि नष्ट गरेका हुन्’, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले भने ।
उनले अनुगमनका क्रममा पसल सञ्चालकलाई खरिद बिल राख्न, नापतौल मेसिनको प्रमाणपत्र राख्न निर्देशन दिएको जानकारी दिए ।
वस्तुको मूल्य अनुगमनमा वेवास्ता
हिन्दुहरुको पर्व दशैं, तिहार, छठ नजिकिंदैछ । अन्य बेला भन्दा पर्वका बेला कालोबजारी गर्ने, वस्तुको मूल्य मनपरी बढाउने गरेको पाइन्छ । तर त्यसलाई नियन्त्रण गर्नका लागि अनुगमन भने हुने गरेको छ ।
नेपालगन्जका पसल पिच्छे वस्तुको मूल्य फरक हुने गरेको छ । अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख भएका बाहेकका उपभोग्य वस्तुको मूल्य कति हो, कतिसम्म खरिद गर्दा ठगीइँदैन भन्नेमा उपभोक्ता पनि जानकार हुँदैनन् । किराना व्यवसायीहरुले वस्तुको मूल्य सूचि राख्नु पर्ने भनिएपनि त्यो सबैले पालना गरेको पाइँदैन ।
नेपालगन्जमा न्यून रुपमा हुने अनुगमन पनि वस्तुको गुणस्तर, म्याद नाघे नाघेको, दर्ता, मापदण्ड पूरा भए÷नभएको मात्र जा“च गरिन्छ । उपभोग्य वस्तुको मूल्य बजारमा बढ्यो बढ्ने भन्ने सरोकारवाला निकायले चासो नराख्दा त्यसको मार भने उपभोक्तामा परेको छ ।
नेपालगन्ज–उपमहानगरपालिका वडा नं. १० की द्रौपती गिरी स्थानीय बजारमा उपभोग्य वस्तुको मूल्य बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने गरेको बताउ“छिन् । ‘रुपैडिहा भन्दा नेपालगन्जमा सामानको मूल्य दोब्बरसम्म लिने गरिएको छ’, उनी भन्छिन्, ‘यहा“ १ सय २० रुपैया“ प्रतिकिलो प्याज रुपैडिहा बजारमा ६० रुपैया“मा पाइन्छ ।’ नेपालगन्जमा एक महिना अघिसम्म प्याजको मूल्य ६० रुपैया“ प्रतिकेजी पाइन्थ्यो ।
नेपालगन्ज–२ का राम बहादुर श्रेष्ठ पनि स्थानीय बजारमा दोब्बर बढी मूल्य तिर्नुपरेका कारण रुपैडिहामा ओइरो लाग्ने गरेका छन् । हाल नेपालगन्जमा प्रतिकेजी चिनीको मूल्य ८५ रुपैया“ छ । तर, सीमावर्ती बजार रुपैडिहामा ६४ रुपैया“ केजी छ । ‘एक केजीमै २० रुपैया“ भन्दा बढीको फरक छ’, नेपालगन्ज–६ का रामेश्वर पौडेल भन्छन् ।
तरकारीको मूल्य पनि पर्वका बेला ह्वात्तै बढ्ने गरेको छ । चामल, दाल, तेलको मूल्य पनि स्थानीय बजारमा वृद्धि हु“दै गएको छ । सीमावर्ती बजारमात्र होइन स्थानीय बजारमा पसलपिच्छे उपभोग्य सामानको मूल्य फरक हुने गरेको बताउ“छन् पौडेल ।
बजार अनुगमनका लागि जिल्लामा जिल्ला प्रशासन कार्यालय बा“केमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयुक्त बजार अनुगमन समिति रहेको छ । त्यस बाहेक स्थानीय तहमा पनि बजार अनुगमनको अधिकार छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कान्त उपाध्याय बजार अनुगमनमा भैरहे पनि नियमित हुन नसकेको बताउ“छन् । ‘कामको चापका कारण चाड पर्वकै लागि भनेर अनुगमन गर्न सकिएको छ’, उनले भने, ‘पर्वका लागि अनुगमन गर्न छलफलमै छौं ।’
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले अनुगमनका लागि योजना बनाइरहेको बताउ“छिन् । त्यसका लागि सरोकारवालाहरुस“ग तीन चरणको छलफल भएको उनको भनाइ छ ।
उपभोक्ता हित संरक्षण समितिका केन्द्रीय सदस्य बसन्त गौतमले उपभोक्ता अधिकारका विषयमा स्थानीय तह संवेदनशील हुनुपर्ने बताए । ‘चाडपर्वमा मिठाई, मासुको खपत बढी हुन्छ’, उनले भने, ‘खाद्यान्नको गुणस्तर, मूल्य तथा उपभोक्ताको सहजतालाई केन्द्रित गरी अनुगमन आवश्यक छ ।’ बा“केमा ८ स्थानीय तह छन् । जसमा नेपालगन्ज र कोहलपुरले मात्रै उपभोक्ता हित संरक्षण समिति गठन भएको छ ।