नेपालगन्ज – शारदा उपभोक्ता सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभाले झविन्द्र मरासिनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको साधारणसभाले समितिको उपाध्यक्षमा खगराज कंडेल, सचविमा ज्योतिका शर्मा, कोषाध्यक्षमा नारायण सिंह गुरुङ्ग सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा मदन कुमार, यादवनाथ पराजुली, कौशिला पन्थी, धन बहादुर बराल, सञ्जु थापा, चयन गरिएका छन् । त्यसअघि संस्थाका अध्यक्ष रुपा पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।