नेपालगन्ज – ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले शनिबार १८ औं बार्षिक साधारणसभा आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष सुष्मा महर्जनका अध्यक्षतामा भएको कार्यक्रममा गत आ.व.मा ७ करोड बढीको आय, व्याय भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थामा ८ सय ४२ जना शेयर सदस्य रहेका छन् । २०५९ सालमा स्थापित संस्थाले २०७६ असार मसान्तसम्म शेयर पूँजी २७ लाख ११ हजार ६ सय पुर्याएको सचिव रेजिना मल्लले जानकारी दिइन् । हाल कुल बचत २ करोड २ लाख १५ हजार ६ सय ६२ रहेकोमा हालसम्मको कुल ऋण लगानी १ करोड ९३ लाख ७३ हजार १ सय ७६ भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
नगर महिला विकास अधिकृत शोभा शाहको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा कार्यसमितिका पदाधिकारी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।