श्रेष्ठ र काफ्लेको मनोनयन

बुटवल – नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं. ५ स्तरिय प्रवद्र्धन समितिले नेपालगन्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठ र भाष्कर काफ्लेलाई मनोनयन गरेको छ ।

प्रदेश मुकाम बुटवलमा सोमवार भएको बैठकले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठ र होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष काफ्लेलाई समितिमा मनोनयन गरेको हो ।

प्रदेश सरकारका उद्योगमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरिय पर्यटन प्रवद्र्धन समिति गठन गरी स्थानीयस्तरसम्म काम गर्ने निर्णय गरेको छ । समिति जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षता बन्नेछ ।

बैठकमा मुख्यमन्त्री शंकर पोख्रेल प्रमुख अतिथिका रुपमा सहभागी थिए । उनले सरकाले प्रदेशको पर्यटन विकासका उच्च प्राथमिकता दिएको भन्दै शहरदेखि गाउँसम्मको पर्यटन विकासका बारे जागरण फैलाउन आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया