लेवलिङ नभएका र म्याद नाघेका बस्तु फेला

नेपालगन्ज – बजार अनुगमनमा क्रममा नेपालगन्जको बजारमा स्पष्ट लेवलिङ नभएका र म्याद नाघेका पेय पदार्थ फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यक्षको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा यस्ता वस्तु फेला पारिएको अनुगमनमा संलग्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

समग्र अनुगमनका क्रममा केही सामानमा प्रष्ट लेवल नभएको, नापतौल प्रमाण नभएको, मुल्य सुचि राखेको नपाइएको र एक पसलमा कोक पेन्टा जस्ता म्याद नाघेका पेय पदार्थ भेटिएको त्यसलाई जफत गरि नष्ट गरिएको पौडेल बताए ।

यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको आपूर्ति तथा बजार ब्यवस्थापन सम्बन्धमा सरोकारवाला बिच भएको बैठकले ठोस कार्ययोजनाका साथ प्रभावकारी बजार अनुगमनमा गर्ने निर्णय गरेको थियो ।

आउँदै गरेका चाडपर्वलाई मध्यनजर राख्दै उपभोक्ताको हित संरक्षण गर्नका लागी ब्यवसायिक अनुशासन कायम राख्न र आपूर्ति तथा बजार ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले बताए ।

सहायक प्रजिअ उपाध्यायको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्याल, घरेलु तथा साना उद्योग कार्यालयका उजिर प्रसाद न्यौपाने, खाद्य प्रबिधि तथा गुणस्तर तथा नापतौल, कार्यालयका नेत्राबोगटी, गुणस्तर तथा नापतौल कार्यालयका बोधराज ढकाल, जिल्ला प्रशासन कार्यालयका महेश्वर प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो । बिभिन्न कार्यालयसँगको समन्वयमा अव निमित बजार अनुगमन गरिने उपभोक्ताको हित बिपरित ब्यवसाय गर्नेलाई कानूनी कारवाही हुने सहायक प्रजिअ कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया