नेपालगन्ज – नेपालीहरुको महान चाड बडा दशैंलाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनि सुबिसु केबलनेट (प्रा.) लिले मात्र रु. ९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
‘उपभोक्ताहरुले आउदै गरेको महान चाडलाई हर्षोउल्हासका साथ मनाउन इन्टरनेटको माध्यम बाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो,’ सुबिसुले अफर सार्वजनिक गर्दै भनेको छ ।
‘करसहितको ९९ रुपियामा एक महिनाको लागि ३० एबिपिएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नुहुनेछ,’ सुविसु नेपालगन्जका प्रमुख खगेन्द्र शाहीले दैनिक नेपालगन्जसँग भने, ‘यससँगै तमाम सुविधाहरु अफरमा छन् ।’