‘न्यूनतम ज्याला कार्यान्वयन गर’

नेपालगन्ज – श्रमिकहरुको न्यूनतम ज्याला कार्यान्वयनमा हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
मानव अधिकार एलाइन्सको आयोजनामा पूर्व कमैयाहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक अवस्था र श्रमिकहरुको न्यूनतम ज्याला कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागी मुक्त कमैयाहरुले सरकारले कमैया मुक्त गरे पनि आफुहरुको पुनस्र्थापन र आवश्यकता सम्बोधनमा उचित ध्यान नदिएको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै मुक्त कमैयाहरु कामेश्वरी थारु, दिपक थारु, चिन्कु थारु लगायतले मुक्त कमैयाका लागी आन्दोलन गर्ने वास्तविक मुक्त कमैया पछाडी परेको र घरबसेका टाठा बाठाले जग्गा पाएको गुनासो गरेका थिए । कार्यक्रमका सहभागी मुक्त कमैयाले न्यूनतम ज्याला समेत पाउन नसकेको, उचित पुनस्थाना हुन नसकेकाले यसमा सरोकारवालाको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।

मानव अधिकार एलाइन्सका उपाध्यक्ष सुरेश कुमार गौतमले संचालन गरेको कार्यक्रममा मानव अधिकार एलाइन्सका महासचिव पद्म खतिवडा, सल्लाहकार नेत्र तिमिल्सेना, फियान नेपालका अध्यक्ष अमर बहादुर ऐर, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज शाखा प्रमुख चन्द्रकान्त चापागाई लगायतका वक्ताले मुक्त कमैयालाई सिमान्तकृत वर्गको रुपमा लिई उनीहरुको पुनस्र्थापना र अधिकार संरक्षणमा जोड दिएका थिए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, मानव अधिकार एलाइन्सका बाँके अध्यक्ष प्रभात कुमार ठकुरी, सचिव धर्म रोकाय, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया