बजार अनुगमनको समिक्षा, प्रभावकारी बजार अनुगमनमा जोड

नेपालगन्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको आपुर्ति तथा बजार ब्यवस्थापन सम्बन्धमा सरोकारवाला बिच भएको बैठकले ठोस कार्ययोजनाका साथ प्रभावकारी बजार अनुगमनमा जोड दिएको छ ।

बैठकले गत आर्थिक बर्षमा जिल्ला स्थित बिभिन्न निकायबाट भएको बजार अनुगमनमको समिक्षा गर्दै बिषयगत कार्यालय र स्थानीय तहसंगको समन्वयमा नियमित बजार अनुगमन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

बैठकमा निकट भविष्यमा आइरहेको चाडपर्वलाई मध्यनजर राख्दै उपभोक्ताको हित संरक्षण गर्नका लागी ब्यवसायिक अनुशासन कायम राख्न र आपूर्ति तथा बजार ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिईएको बैठकमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले जानकारी दिए ।

बजार अनुगमन गर्दा आवयश्कता र औचित्यताका आधारमा बिषयगत कार्यालयहरुले समस्याको पहिचान गरि सरोकारवाला बिच आपसी समन्वय र सहकार्य गरि बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारु, खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया बिक, बैजनाथगाउँ पालिकाकी उपप्रमुख शारदा रेग्मी बिक, राप्ती सोनारी गाउँपालिकाकी प्रमुख धनी कुमारी खत्रीले उपभोक्ता हित संरक्षणमा आफुहरु प्रतिवद्ध रहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बीर बहादुर वली, खाद्य प्रबिधि तथा गुणस्तर तथा नापतौल, कार्यालयकी जोत्सना श्रेष्ठ, औषधी ब्यवस्था बिभागकी नीनु श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख योगेन्द्र कुमार पौडेल लगायत बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले उपभोक्ता सचेतना र उपभोक्ता हित संरक्षण बारे आ आफ्ना धारणा राखेका थिए । बाँकेमा पहिलो पटक स्थानिय निकायका प्रतिनिधि, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्रहरी प्रशासन, उपभोक्ता अधिकारकर्मी लगायतका सरोकारवालाको उपस्थितिमा उपभोक्ता हित संरक्षण र बजार ब्यवस्थापनको बिषयमा छलफल भएको छ ।

क्वारेन्टाइनको समिक्षा


पशु क्वारेन्टाइन कार्यालय बाँकेको आव बर्ष ०७५÷०७६ को प्रगति समिक्षाका साथै यस आवमा भएको प्रगति बारे जिल्ला प्रशासन कार्यालय बाँकेमा एक कार्यक्रम मार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।
समिक्षा बैठकमा अवैध रुपमा भित्रिन सक्ने पशु तथा पशुजन्य पदार्थ एवं पशु उत्पादक सामाग्रीको नियन्त्रणका लागी सुरक्षाकर्मीसंगको समन्वयमा निगरानी गर्ने निर्णय गरिएको क्वारेन्टाइनका वरिष्ठ पशु चिकित्सक डा. शितल बाबु श्रेष्ठले जानकारी दिए । कार्यक्रममा डा. श्रेष्ठले दक्ष जनशक्तिको अभाव, साधन श्रोतको अपर्याप्तताका लगायतका समस्याका कारण सोचे जति कार्य गर्न नसकिएको बताएका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर वली, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, जिल्ला सचिव प्रभात कुमार ठकुरी लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले खसीबाख्राको भारतबात आयातमा समस्या देखिएको, दुग्धजन्य र माछाको खुल्ला आर्यात, मरेका र बिरामी ब्रोइलर कुखुराको आयात लगायतका समस्या देखिएकाले यसको प्रभावकारी नियमनमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया