सामाजिक सुरक्षा कोष कार्यान्वयनको अवस्थाबारे चर्चा

कार्यक्रममा दुर्घटनामा घाइते राष्ट्रिय युवा कमिटि सदस्य शर्मिला थापालाई आर्थिक सहयोग गरिएको थियो


नेपालगन्ज – नेपालगन्जका मजदुर क्षेत्रका अगुवाहरुले सामाजिक सुरक्षा कोष कार्यान्वयनको अवस्थाबारे चर्चा गरेका छन् । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी नेपालगन्जमा क्रियाशिल मजदुर संगठनका नेताहरुले सामाजिक सुरक्षा कोषमा अपेक्षित रुपमा आर्थिक इकाइहरु सहभागी नभएको भन्दै उनीहरुमाथि दबाब सिर्जना गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा धारणा राख्दै मजदुर क्षेत्रका अगुवाहरुले आर्थिक प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा मजदुरलाई समावेश गराउन जिम्मेवार बनाउनु पर्ने धारणा राखेका थिए । जिफन्ट नगर युवा कमिटि अध्यक्ष अमर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा दुर्घटनामा घाइते राष्ट्रिय युवा कमिटि सदस्य शर्मिला थापालाई आर्थिक सहयोग सहयोग समेत गरिएको थियो ।

छलफलमा वरिष्ठ यूनियनकर्मी केशवराज गिरी, बाँके इन्चार्ज टिएन रावत, बाँके÷बर्दिया इन्चार्ज पूर्ण केसी, मजदुर नेता पूर्णचन्द्र उपाध्याय, जिफन्ट नगर कमिटि अध्यक्ष दिपेश आचार्य, जिफन्टका सुमन गिरी, सुनिता तिवारी, मदनराज भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया