नेपालगन्ज – चर्चित मोटरसाइकल कम्पनी यामाहाको नेपालगन्ज स्थित बिक्रेता कम्पनी अनलाइन ओभरसिजले आज मंगलबारबाट ‘मेगा एक्सचेन्ज’ सञ्चालन गर्ने भएको छ । अनलाइन ओभरसिजका प्रबन्ध निर्देशक इम्तियाज सिद्दिकीका अनुसार, यो अफर अहिलेसम्मकै आकर्षक हो ।
खासगरी मोहर्रम, बडा दशैं, ईद, छठ, तिहार लगायतका पर्वहरुलाई लक्षित गरी कम्पनीले मेगा एक्सचेन्ज गर्न लागेको हो । ‘जुनसुकै ब्राण्डका बाइक वा स्कुटरको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँ गरिनेछ’, इम्तियाजले संवाददातासँग भने, ‘यो रकम कुनै पनि ब्राण्डका बाइक वा स्कुटरको प्रचलित मूल्यांकन भन्दा थप १५ हजारले बढी हो ।’
दशैं स्किम अन्तर्गत सात हजारदेखि १ लाखसम्मको छुट र हरेक दिन लक्की ड्र मार्फत एक जनालाई १ लाख रुपैयाँ पुरस्कार व्यवस्था गरिएको जानकारी दिंदै अनलाइन ओभरसिजले आज मंगलबारदेखि सुरु हुने मेगा एक्सचेन्ज शुक्रबारसम्म चल्ने जनाएको छ ।
अनलाइन ओभरसिजका अनुसार नेपालगन्जको कारकाँदो स्थित मुख्य डिलर र बर्दियाको गुलरिया स्थित अनलाइन ओभरसिजको शाखाबाट सबै सेवा, सुविधाहरु प्रवाह गरिनेछन् । ‘खासगरी पुराना मोटरसाइकलले बजार विस्थापन गरी नयाँ सुविधासम्पन्न मोडेलका मोटरसाइकल सेवाग्राहीको हातमा परोस् भन्ने चाहना हो’, अनलाइन ओभरसिजका प्रबन्ध निर्देशक इम्तियाज सिद्दिकीले भने ।