शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने

काठमाडौं – नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने जनाएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने जनाएको हो । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ ।

आगामी माघसम्म देशभर नै फोरजी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया