नेपालगन्ज – पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके महासंघमा आबद्ध व्यवसायीहरुलाई शुक्रबार कर प्रणाली सम्बन्धी अभिमूखिकरण गरेको छ । पछिल्लो समयमा परिवर्तन भएका कर सम्बन्धी व्यवस्थाहरु व्यवसायीहरुलाई अवगत गराउन अभिमूखिकरणको आयोजना गरिएको महासंघका बाँके सचिव प्रदिप सापकोटाले जानकारी दिएका छन् ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जको समन्वयमा भएको अभिमूखिकरणमा प्रमुख कर अधिकृत प्रकाश पौडेल, कर अधिकृत हुर्मत मिजार लगायतले प्रशिक्षण दिएका थिए । महासंघ बाँके अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीहरुको जिज्ञासाबारे कर अधिकृतहरुले स्पष्ट पारेका थिए ।