बाँकेका सहकारीलाई कार्यकुशलता तालिम

बाँकेका विभिन्न १० वटा बचत तथा ऋण सहकारीलाई कार्यकुशलता तालिम दिइएको हो ।

नेपालगन्ज – बाँकेका विभिन्न बचत तथा ऋण सहकारीलाई कार्यकुशलता तथा सिकाई व्यवस्थापन तालिम दिइएको छ ।
नागरिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यकुशलता तथा सिकाई व्यवस्थापन नेफ्स्कूनले छनोट गरेका स्थानीय सहकारीहरुका लागि तेस्रो कार्यशाला हो ।

नेफ्स्कूनका लेखा संयोजक दामोदर अधिकारी, सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, नागरिकका अध्यक्ष कृष्ण प्रसाद जैसी, पूर्व अध्यक्ष रमानाथ ढकाल, पुष्कर खड्का लगायतको सहभागितामा जिल्लाका १० वटा प्रतिनिधिमुलक सहकारीहरुलाई तालिम दिइएको थियो । नेफ्स्कूनका गणेश प्रसाद रेग्मीले गरेको सहजीकरणमा सहभागी सककारीहरुले जोखिम न्युनिकरणका लागि आफुले गरेका अभ्यासबारे प्रस्तुतिकरण गरेको नागरिकका व्यवस्थापक गोपाल थापाले जानकारी दिए ।

नेफ्स्कूनले नागरिक सहित रामारोशन, गुरुकुल, आमा, मितेरी, संघर्ष दलित महिला, बसोबास महिला, युनिटी, समावेशी, मिलीजुली सहकारीलाई जोखिममा आधारित साकोस सुपेरिवेक्षण तथा अनुगमन कार्यक्रममा संगठित गरि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा सहभागी गराउँदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया