मन भण्डारी / नेपालगन्ज – नेपालगन्ज उपमहानगपालिकालाई बुझाउनुपर्ने सबै प्रकारको राजश्व वडा कार्यालयबाटै अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्थाको सुरुवात गरेको छ । उपमहानगरपालिकाको आ.व. २०७६÷०७७ को वजेट तथा योजनामा पालिकाका सबै वडाहरुमा सफ्टवेर जडान गरि अनलाइन प्रणाली मार्फत आर्थिक कारोवार गर्ने गरी योजना अघि बढाएको हो ।
विकासको हिसावले द्रुत गतिमा अगाडि बढिरहेको नेपागन्ज उपमहानगरपालिकाले आ.व. २०७६÷०७७ मा बिभिन्न नयाँ तथा महत्वकाँक्षी योजनाहरु अगाडि सारेको छ । २३ वटा वडा भएको उप–महानगरपालिकाले यस आ.व. देखि वडा कार्यालयबाटै खाता संचालन गरि आर्थिक कारोवार संचालन गर्ने भएको छ । अघिल्लो वर्षसम्म सबै वडाको आर्थिक कारोबार पालिकाबाटै हुँदै आएको थियो । वडा कार्यालयबाटै सबै आर्थिक कारोबार हुने भएपछि सानो कामको लागि पनि नागरिकहरुले आर्थिक कारोवार गर्न पालिका धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।
सम्पूर्ण योजना तथा कार्यक्रमको सम्झौता लगायतका काम वडा मार्फत भएपनि भुक्तानी पालिकाबाट हुने हुँदा अनावश्यक झन्झट ब्यहोर्नु पर्ने अवस्था वडाबाटै कारोबार सुरु भएसँगै अन्त्य हुने नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताइन् । सबै वडामा एक जना अधिकृत स्तरको कर्मचारी र पहिलेको वडा सचिवको नाममा खाता संचालन गरिएको छ । वडाको खाता संचालन गरि वडाबाटै सबै आर्थिक कारोवार गर्ने पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिका अग्रस्थानमा पर्ने बताउँदै अबको दुई महिना भित्र सबै वडामा अनलाइन प्रणालीमार्फत आर्थिक कारोवार सुरु भइसक्ने उपप्रमुख थापाले जानकारी दिइन् । सबै वडामा अनलाइन सफ्टवेर जडानका लागि पालिकाले रु. २५ लाख वजेट विनियोजित गरेको छ ।
उपमहानगरपालिकाले यस आ.व. मा वडा नं. १ मा रहेको वटारपार्क निर्माण गरि संचालनमा ल्याउने, महेन्द्र पार्कको मर्मत गरि स्तरोन्नती गर्ने, वडा नं. ४ मा छात्रा कलेज सञ्चालन गर्ने, वागेश्वरी मन्दिरमा १२ वटा व्यापारिक प्रयोजनका सटर तथा सटरको माथि पालिकाका शाखाहरुको कार्यालय संचालन गर्ने गरि भवन निर्माण गर्ने, फोहोर व्यवस्थापनलाई अभियानको रुपमा लिने लगायतका महत्वपूर्ण योजनाहरु तय गरेको छ ।
यसैगरी प्लाष्टिक मुक्त अभियान संचालन, बालमैत्री नगरपालिका घोषणा, साक्षर पालिका घोषणालाई यस वर्षको योजनामा प्राथामिकताका साथ लिएको नगर प्रमुख डा. धवल समशेर राणाले बताए । पालिका भित्रका बिभिन्न चौराहा÷चोकमा हाईमाष्ट लाइट जडान गर्ने, अत्याधुनिक वसपार्क सञ्चालनमा ल्याउने, खेलकुदलाई प्रबद्र्धन गर्ने, सामाजिक जवाफदेहिता, पारदर्शिता र सुशासन प्रबद्र्धन गर्ने कार्यमा समेत पालिका लागिपरेको प्रमुख राणाले बताए ।
महिला तथा लक्षित वर्गलाई रोजगारी दिइने र नगरवासीहरुको सहजताका लागि केही दिनभित्रै बिभिन्न रुटमा ७ वटा नगर बस सञ्चालनमा आउने बताउदै नगर प्रमुख डा. राणाले भने, ‘वडा नं. २२ मा रहेको कान्ती ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्य अगाडि बढ्दैछ ।’ नेपालगन्जलाई महानगरको दिशामा अघि बढाउने कार्य पनि प्राथमिकतामा रहेको र महानगरको डिपिआरका लागि आव्हान गर्ने तयारीमा रहेको नगर प्रमुख डा. राणाले बताए । त्यसका लागि २५ लाख बजेट छुट्याएको उनले बताए ।
२ अर्ब २८ करोट ८५ लाख ५४ हजार कुल वजेट भएको उपमहानगरपालिकाले नगर सरसफाइ, ढल व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापनमा रु. ३५ लाख, मुख्य सडक सरसफाइमा १ करोड ५० लाख, महेन्द्र पार्क मर्मतमा रु. १५ लाख, हाईमाष्ट लाइट जडानका लागि २० लाख, पार्क निर्माणका लागि ३० लाख, सुशासन प्रबद्र्धनमा रु. ५ लाख ५० हजार वजेट विनियोजित गरेको छ । अन्य विभिन्न कार्यक्रम तथा योजना संचालनका लागि वजेट विनियोजित गरेको छ । पालिका भित्रका लगभग ९० प्रतिशत सडक तथा नाली निर्माणका काम सम्पन्न भइसकेको बताउँदै अबको एक वर्षमा सडक तथा नाली निर्माणको काम सम्पन्न गर्ने गरि काम गरिरहेको नगर प्रमुख राणाको भनाइ छ ।
स्थानीय तहको निर्वाचन भएको दुई वर्षको अवधीमा नेपालगन्ज उपमहानगरपालिकाले विकासमा ठुलो सफलता हासिल गरेको प्रमुख राणाले बताएका छन् । चुनावी प्रतिबद्धता अनुसार नै अघि बढेको बताउँदै विकासका कामहरु तिव्र गतिमा अगाडि बढेको र दुई बर्षको अवधीमा आफु सन्तुष्ट हुने गरि काम भएको राणको भनाइ छ ।
स्थानीय तहको निर्वाचन पछि विकास निर्माणमा आउने अवरोधहरुलाई छिचोल्दै ल्याण्डफिल साइट सञ्चालन हुनु, वडा नं. ४ मा क्षात्रा बिद्यालय सञ्चालनमा आउनु, फोहोर महिलाको कारण अस्तव्यस्त पालिकको फोहार व्यवस्थापन गर्न सफल हुनु, रानी तलाउको पुर्ननिर्माण गरि संचालनमा आउनु, भ्रष्टाचारमुक्त पालिका बनाउन सफल हुनु लगायतका विषयलाइ नेपालगन्ज उप–महानगरपालिकाले आफ्नो दुई वर्षको मुख्य उपलब्धिको रुपमा लिएको छ ।
स्थानीय तहको निर्वाचन भएपछि वडा कार्यालयहरु सञ्चालनका लागि भौतिक पूर्वाधारको अभाव रहेकोमा हाल सबै वडा कार्यालयहरु व्यवस्थित रुपमा सञ्चालित हुनु, नेपालगन्जको सल्यानीबागमा आकर्षक चिल्डे«न पार्क सञ्चालनमा आउनुलाई पनि उपमहानगरपालिकाले उपलब्धिको रुपमा लिएको छ । गरिवी निवारणका लागि गत आ.व. देखि साझेदारी विकास कार्यक्रम संचालन गर्दै आएको उप महानगरपालिकाले यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । साझेदारी कार्यक्रमबाट गत वर्ष गरिवीको रेखामूनि रहेका धेरै ब्यक्तिहरुले राहत पाएको उप–महानगरपालिकाकी उपप्रमुख उमा थापाले दैनिक नेपालगन्जलाई बताइन् ।