भावुक योगी /बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तिज पर्व बचत तथा तीज विशेष सांस्कृतीक कार्यक्रममा झण्डै १ करोड ३० लाख रुपैँया नगद बचत रकम कलन भएको छ ।
महिलाहरुको महान पर्व तीजको अवसरमा हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले ठाकुरद्वारा र भुरिगाउँको रानीपुरमा आयोजना गरेको दुई दिने तिज पर्व बचत तथा तिज विशेष सांस्कृतिक कार्यक्रममा झण्डै १ करोड ३० लाख रुपैँया नगद बचत संकलन भएको हो ।
हाम्रो मध्यवर्ती साकोसले आयोजना गरेको तिज पर्व बचत कार्यक्रममा १ सय २० नयाँ तथा केही पुराना सदस्यहरुबाट दुईदिनमा १ करोड २९ लाख ८६ हजार ६ सय ३५ रुपैँया नगद बचत संकलन भएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज न्यौपानेले बताए ।
ठाकुरद्वारामा आयोजना गरिएको तिज पर्व बचत कार्यक्रममा ७० जना नयाँ तथा केही पुराना सेयर सदस्यहरुबाट ६१ लाख ६९ हजार ६ सय रुपैँया र भुरिगाउँ बजार नजिक रानिपुरमा भएको तिज पर्व बचत कार्यक्रममा ५० जना नयाँ तथा केही पुराना सेयर सदस्यहरुबाट ६८ लाख १७ हजार ३५ रुपैँया बचत सकंलन भएको संस्थाका व्यवस्थापक गणेश थापाले जानकारी दिए ।
चार्डपर्वमा हुने फजुल खर्चलाई बचत गरि भविश्यमा आइपर्ने आर्थिक संकट बचाउनका लागि पनि बचत अति आवशयक रहेकाले बचत गर्ने बानीको विकास गर्ने जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज न्यौपानेले बताए ।
मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले बचतको कार्य मात्र नभई दुर्घटना न्युनिकरण गर्न भन्दै रोड डिभाइर, वन तथा वन्यजन्तु संरक्षणका विभिन्न कार्यक्रम, वन्यजन्तुबाट क्षति भएका पिडित परिवारलाई राहत वितरण, सुत्केरी भेटघाट कार्यक्रम लगायतका विविध सामाजिक कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
यसैगरी विद्युतको विल पनि हाम्रो मध्यवर्ती साकोसबाट तिर्न सकिने व्यवस्था, प्रत्येक सेयर सदस्यलाई वृक्षारोपणमा अग्रसर गराउका लागि २ लाख बराबरको बोटविरुवा अनुदानमा दिने कार्यक्रम समेत बनाईएको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा ख्याति प्राप्त कलाकार तथा उद्घोषक गायक प्रभात सुवेदीलेले सहकारीमा बचत गरौँ, आम्दानी मुलक व्यवसाय गरौँ, हाम्रो सहकारी राम्रो सहकारी भन्ने शन्देश मुलक गित र विविध गीतको प्रस्तुती सुनाएका थिए । यस्तै गायक शेर बहादुर आचार्य (गाईने) गायिका सुनिता बिसी, गायिका इन्दिरा गैरे, निरुता गैरे अमन वली, सन्जिव खड्का लगायतका स्थानिय कलाकारले तिजका गीत गाएर दर्शकहरुलाई नचाएर भरपुर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ जेष्ठ नागरिक इकाइ समितीका संयोजक छविलाल कडेल, श्रीरामनगर उपभोक्ता समितीका अध्यक्ष जर्नादन योगी, समाजसेवी बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
गतवर्ष माघ महिनामा ठाकुरबाबा नगरपालिकामा रहेका दुईवटा सहकारी संस्थाले आयोजना गरेको माघी पर्व बचत तथा माघी सांस्कृतिक कार्यक्रममा एकैदिन ४३ लाख ४३ हजार रुपैँया बचत संकलन भएको थियो ।