नेपालगन्ज – बाँकेका टुर र ट्राभल्स सम्बन्धी काम गर्ने व्यवसायीहरु संगठित भएका छन् । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश ५ अन्तरगत बाँके च्याप्टर तदर्थ समिति गठन गरिएको हो । व्यवसायीहरुको शनिबार भएको भेलाले श्रीराम सिग्देलको नेतृत्वमा नाटा बाँके गठन गरेको हो ।
कार्यक्रममा बोल्दै नाटा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले टुर र ट्राभल्स सम्बन्धी काम गर्ने व्यवसायीहरु संगठित हुनुको आवश्यकता र औचित्यबारे धारणा राखेका थिए । कार्यक्रममा नाटा प्रदेश ५ का प्रमुख सल्लाकार तथा भिजिट नेपाल २०२० प्रदेश ५ का संयोजक माधव नेपाललेसरकारको कार्यक्रमहरुलाई पर्यटन व्यवसाहीहरुको रुपमा टुर्स एण्ड ट्राभल्सहरुबाट ठुलो सहयोगभै रहेको बताएका थिए । नाटा प्रदेश ५ का महासचिव चन्द्र वहादुर थापाले बाँके च्याप्टर स्थापनाले व्यवसायीहरुलाई एकतावद्ध गर्ने र उत्पन्न समस्याहरुलाई सामुहिक रुपमा समाधानको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
१३ सदस्यीय बाँके च्याप्टरको उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झबिलाल शर्मा, सचिवमा भागिराम वली, कोषाध्यक्षमा राम वहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा पारस शाहलाई चयन गरिएको छ । सदस्यहरुमा विन्जु वस्नेत, कृष्ण कुमार श्रेष्ठ, कुमार चाल्स श्रेष्ठ, अजमल सिद्धिकी, तिलक सिंहाली, निर्मल सिंह, शम्भु बुढाथोकी रहेका
कार्यक्रमको अन्तमा नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले सम्पूर्ण उपस्थित मानुभावहरुलाई धन्यवाद दिदै ढिलो भएपनि समयको माग सगै बाँके जिल्लामा क्रिर्यासिल ट्राभल्सहरु एक स्थानमा संगठित हुन सकेकोमा आभार व्यक्त गर्नुभयो । आगामी दिनहरुमा ट्राभल्सहरुको समस्याहरुलाई न्यूनीकरण गर्न यसले थप मद्धत गर्ने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा ४१ जनाको उपस्थिति रहेको थियो ।