अब ‘मिट मार्ट’ बाटै गुणस्तरिय मासु

खगेन्द्र दाहाल, नेपालगन्ज – नेपालगन्जमा आधुनिक मासु पसल नहुाँ धेरै होटल तथा व्यक्तीहरुले अन्य जिल्ला बाट सफा मासु आयात गर्नु पर्ने अवस्था अन्य हुदैछ । नेपालगन्जमै अत्याधुनिक प्रविधिबाट तयार पारिएका गुणस्तरीय मासु पाइने भएको छ ।

करोडौको लगानिमा निर्मित ‘मिट मार्ट’मा यस क्षेत्रका किसानले उत्पादन गर्ने पशुपक्षिहरुले उचित मुल्य पाउनेमा आसाबादि बनेका छन । ‘मिट मार्ट’ सञ्चालन भएसगै अव्यस्थित रुपमा सन्चालनमा रहेका अन्य मासु पसलले भने सुधार गर्न पर्ने छ । मासु पसल सुधार नगरे व्यवसाय चौपट हुने निश्चित जस्तै छ । नेपालगन्ज, कोहलपुर र खजुरा जस्ता ठुला स्थानहरुमा प्रशोधन गरीएको मासु खाने बढे सगै अन्य स्थानहरुमा समेत यसको माग दिन प्रतिदिन बढ्ने क्रममा छन । प्रदेश नम्बर पाँच भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा चार वटा मिट मार्ट ल्याउने योजना ल्याउदा नेपालगन्जमा दुई वटा र कोहलपुरमा एकवटा ‘मिट मार्ट’ निर्माण भएका छन ।

बाँकेमा मासुको माग र उत्पादन अन्य जिल्लाको भन्दा अत्याधिक भएकाले पनि तिन वटासम्म ‘मिट मार्ट’ निर्माण भएका हुन । सोमबार जय पृथ्वी कृषि सहकारी सस्था लिमिटेडले नेपालगन्जको कारकादो बाइपास क्षेत्रमा ‘नेपालगन्ज मिट मार्ट’सन्चालनमा ल्याइसकेको छ । प्रदेश नम्बर ५ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षि तथा मत्स्य विकास निर्देशानलय, बुटवल र जय पृथ्वी कृषि सहकारी सस्थाको सयुक्त लागत साझेदारीमा निर्मिते ‘नेपालगन्ज मिट मार्ट’मा १ करोड १ लाख ५५ हजार ४ सय ४५ रुपैया लगानी भएको छ । प्रदेश सरकारले ३२ लाख ४८ हजार २ सय ५४ रुपैया अनुदान स्वरुप सहयोग गरेको छ भने स्वयम सहकारीले ६९ लाख ७ हजार १ सय ९१ रुपैया लगानी गरेको छ ।

नेपालगन्ज १८ मा सन्चालनमा भएको ‘नेपालगन्ज मिट मार्ट’को उद्घाटन प्रदेश नम्बर ५ मा कृषि मन्त्रि आरति पौडेलले गरिन । ‘नेपालगन्ज मिट मार्ट’ को उद्घाटन गर्दे मन्त्रि पौडेलले गाउँको उत्पादनलाई शहरसम्म जोड्ने महत्वपुर्ण माध्यम ‘ मिट मार्ट’ बनेको भन्दै साना किसानले पनि यसबाट फाइदा लिने बताइन । उनले मन्त्रालयले सहकारीको साथ समर्थन लिएर कृषिमा रुपान्तरण गर्ने योजना बनाएको बताइन । मन्त्रि पौडेलले प्रत्येक सहकारीले एउटा भएपनि कृषि उत्पादनको काम गर्नपर्नेमा जोड दिइन । प्रदेश सरकारले मासुको बजारीकरणका लागी १६ करोड विनियोजन गरेको छ । उत्पादनका लागी पनि उतिकै बजेट विनियोजन गरेको मन्त्रि आरतिले जनाइन । कृषिमा पनि आधा भन्दा बढि बजेट पशुपक्षि क्षेत्रमा विनियोजन गरीएको छ ।

किसानको उत्पादनलाई बजारमा स्वच्छ मासु उपलव्ध गराउने र उत्पादन भएका पशुबस्तुहरुको बजारीकरण सहजरुपमा होस भन्ने हेतुले प्रदेश ५ को कृषि मन्त्रालयले योजना ल्याएको मन्त्रि पौडेलको भनाई छ । जिउँदो खसि बोका, कुखुराहरु ढुवानि गर्दा त्यसको तौल घट्नेका साथै विभिन्न झमेला हुने हुदाँ प्रशोधित मासु नेपालगन्जबाटै उत्पादन गरी विक्रि वितरण गर्न सहज होस भनेर यसको अवधारण ल्याइएको कृषि मन्त्रि आरतिले उल्लेख गरिन ।

सस्थाका अध्यक्ष लोकेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवलसम्सेर राणाले हाइजेनिकलाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो । सहकारी सघं प्रदेश नम्बर ५का अध्यक्ष प्रेम सुवेदिले आट गरे जे नि सम्भव भएको बताउदै नेपालगन्ज मिट मार्टले उपभोक्ताको स्वास्थलाई मध्यनजर गर्दे मासुको गुणस्तरमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य पुजन विश्वकर्मा, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नेपालगन्जका प्रमुख डा.हरि बहादुर कुंवर, कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा.शकर न्यौपाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सोमबार ‘नेपालगन्ज मिट मार्ट’ शुभारम्भ भएसगै आज मंगलबार नेपालगन्जकै विपिचौक नजिक यम्मी फ्रोजन फुड्स तथा जय माता बागेश्वरी ईम्भेष्टमेण्ट प्रालिको सयुक्त लगानी र पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयको अनुदान सहयोगमा निर्माण गरिएको ‘मिट मार्ट’को शुभारम्भ हुदैछ । करोड बढिको लगानी रहेको उक्त ‘ मिट मार्ट’ले पनि गुणस्तरिय मासु उपभोक्तालाई प्रदान गर्ने लक्ष्य लिएको जय माता बागेश्वरी ईम्भेष्टमेण्ट प्रालिका अध्यक्ष निरन्जन राजभण्डारीले बताए ।

निर्माण भएका ‘मिट मार्ट’मा दिनहुँ दुई सय देखि तिन सय सम्म उत्पादन गर्ने क्षमता छ । बाँकेमा हालै मात्र निर्माण गरिएका ‘मिट मार्ट’मा ३ करोड बढि लगानी भएको छ । कोहलपुरमा पनि करोड बढि लगानीमा निर्माण गरेको ‘मिट मार्ट’को शुभारम्भ केहि दिन भित्रै गरिने मन्त्रि पौडेलका स्वकिय सचिव सुर्य रोकायले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया