घरेलु तथा साना उद्योग महासंघले नगरस्तरीय सञ्जाल विस्तार गरेको छ । शनिवार भएको भेलाले नेपालगन्ज उपमहानगरपालिका स्तरीय समिति गठन गरेको हो ।
नगर समितिको अध्यक्षमा रचना श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । श्रेष्ठको नेतृत्वमा चुनिएको समितिमा वरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, उपाध्यक्ष मोहमद फरिदुल हक, महासचिव सतिश अधिकारी र कोषाध्यक्ष मो. वहाब खाँ छन् । खगेन्द्र न्यौपाने, बिजय चौधरी तनबिर अहमद शेष लगायत सदस्य चुनिएको जिल्ला प्रतिनिधि भिमलाल कंडेलले जानकारी दिए ।
महासंघले शनिवारकै भेलाबाट महिला समिति पनि गठन गरेको जनाएको छ । मिना ढकालको अध्यक्षतामा गठित महिला समितिको बरिष्ठ उपाध्यक्ष मिना डाँगी, उपाध्यक्ष सरस्वती मल्ल, महासचिवमा इन्द्रकुमारी बुढा, कोषाध्यक्षमा कस्मिरा खातुन छन् । महासंघका अनुसार, साधना आलेमगर, सोनमसिंह अधिकारी, कोमल श्रेष्ठ र निलम ज्ञवाली लगायत चयन भएका हुन् ।
त्यसअघि, भेलाले उद्योग नविकरण र कर भुक्तानी जस्ता वार्षिक रुपमा गर्नुपर्ने कामका लागि सहयोग गर्ने निर्णय गरेको थियो । जानकारी अभावमा कयौं उद्योगी, व्यवसायीले नविकरण र कर भुक्तानी नगरे जरिवाना तिर्ने अवस्था अन्तका लागि महासंघले सहयोग सहजीकरण गर्न निर्णय गरेको हो ।