कोहलपुरमा सिद्धार्थ गु्रपको क्याफे

देशभर होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तारमा लागेको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले बाँकेको कोहलपुरमा अत्याधुनिक सुबिधा सहित एस. क्याफे सञ्चालनमा ल्याएको छ ।

पश्चिमको टिकापुर देखि काठमाडौ सम्म करिब २२ वटा शाखाहरु मार्फत होटेल, रिसोट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको छ । सिद्धार्थ गु्रपले एस क्याफेलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले शनिवार केक काटेर क्याफेको उद्घाटन गरेका हुन् ।

कोहलपुरमा खुलेको अत्याधुनिक सुबिधा सहित गुणस्तरिय क्याफेले कोहलपुर क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान गर्ने नगर प्रमुख रावतले बताए । गु्रपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेका अनुसार, एक पटकमा करिब एक सय जना सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमताको एस. क्याफेमा बिहान ८ बजे देखि साझ ८ बजे सम्म गुल्मीमा उत्पादन भएको अर्गानिक कफीका साथै बेकरी तथा फास्टफुडहरु उपलब्ध हुने छन् ।


‘कफीका पारखीहरुलाई गुणस्तरिय अर्गानिक कफीको स्बाद सहितको सेवा उपलब्ध गराउने उद्देश्यले सिद्धार्थ गु्रपले २०७४ साल देखि गुल्मीमा आफ्नै कफी बगान संचालन गर्दै आएको जानकारी दिंदै न्यौपानेले भने, ‘काठमाडौको तीनकुने, जमल, न्युरोड र नेपालगन्जको धम्बोझीमा क्याफे संचालन गरि रहेको गु्रपको यो पाँचौ आउटलेट हो ।’


गु्रपले होटेल, रिसोर्ट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसायसंगै मिठाई, केक, बेकरी र कफीका बिभिन्न परिकारहरुको उत्पादन तथा बिक्री बितरण गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया