वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले मंगलबार बृहत शेयरधनी भेला आयोजना गरेको छ । पछिल्लो पटक एउटा सहकारी संस्थामा करोडौं अपचलनको समाचार बाहिर आएपछि आफ्नो संस्थाको वास्तविकता शेयरधनीबीच राख्न भेला आयोजना गरिएको अध्यक्ष इश्वर प्रसाद पोखरेलले जानकारी दिए ।
‘हामी चुस्त संरचनामा लगानी र बचतका सबै कामहरु प्रविधि तथा प्रक्रियाबाट गरिरहेका छौं’, अध्यक्ष पोखरेलले झण्डै ८० प्रतिशत शेयरधनी सहभागी भेलाबारे जानकारी दिंदै भने, ‘तपाईहरुको बचत र शेयरपूँजी सुरक्षित छ भन्ने कुराको सुनिश्चितताका लागि भेला गरिएको हो ।’ भेलामा अध्यक्ष पोखरेलले संस्थाको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्दै एसएमएस सुविधादेखि एटिएमसम्मका योजना प्रस्तुत गरेका थिए ।
सञ्चालकहरुमा आपसी एकता र प्रतिष्ठित व्यक्तित्वहरु सम्मिलित संस्थाले वेष्टर्नको भविष्यलाई विकास बैंक तर्फ अगाडि बढाइरहेको प्रस्तुति अध्यक्ष पोखरेलको थियो । ‘हामीले गरेको काममा नियामक निकायहरुले प्रशंसा गर्दै आइरहेका छन्’, वेष्टर्नका प्रबन्धक थानिश्वर पाण्डेयले शेयरधनीहरुलाई सम्बोधन गर्दै भने, ‘बचतको सुरक्षण र उचित लगानीका लागि कर्मचारीहरु अहोरात्र खटिएका छन् ।’
सञ्चालक गिरीराज पौडेल, लेखा संयोजक मित्रलाल शर्मा, तालिम संयोजक ऋषिराम सापकोटा लगायतले वेष्टर्नले आगामी बर्षको बार्षिक कार्ययोजना बन्दै गरेको चर्चा गर्दै ढुक्कसँग बचत गर्न आव्हान गरेका थिए । दुई अर्ब बढी कारोबार गरिसकेको वेष्टर्नले यो बर्षमात्रै ३२ सुरक्षित लगानी गरेको जनाएको छ ।