अडानमा गैरेको नेतृत्व

नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेको नयाँ नेतृत्वमा भुवनप्रसाद गैरे सर्वसम्मत चुनिएका छन् । शुक्रवार भएको अडान बाँकेको पाँचौ जिल्ला अधिबेशनले गैरेको अध्यक्षतामा११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।


नव चयनित कार्यसमितिको उपाध्यक्षमा दीपकप्रसाद रेग्मी, सचिवमा तुलाराम कूर्मी, कोषाध्यक्षमा प्रकाश जंग राणा र सहसचिवमा हरि निरौला छन् । दत्तराज हमाल, कुलानन्द रेग्मी, निर्मल ढुंङ्गाना, इशाहक दर्जी, बाबुराम आँकुरा र धनबहादुर चन्द कार्यसमिति सदस्य चयन भएको अध्यक्ष गैरेले जानकारी दिए ।


नवचयनित अध्यक्ष गैरेले पेशागत हित र व्यवसायिक विकासका लागि आफ्नो नेतृत्व केन्द्रीत हुने बताए । दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हाल्दै आएका गैरेलाई अधिवेशनले एकमतले नेतृत्व स्वीकार घोषणा गरेको हो ।


त्यसअघि जिल्लाका ७० जना अडिटर संगठित नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेका अध्यक्ष मो. जुबेर राईको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि अडानका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खाँ, केन्द्रीय सदस्य गोकर्ण आचार्य लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन तुलाराम कुर्मीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया