नेपालगन्जमा ‘बार एकेडेमी’

पश्चिम नेपालमै पहिलो बार एकेडेमी नेपालगन्जमा सञ्चालनमा ल्याइएको छ । आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले पञ्चत्व ग्रुपले सञ्चलानमा ल्याएको ट्वीष्ट बार एकेडेमी शुभारम्भ गरेका हुन् । नगर प्रमुख डा. राणाले बार एकेडेमीले सीप र शिक्षाले देश विदेशमा दक्ष जनशक्ति उपलब्ध हुने विश्वास व्यक्त गरे ।

 
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्ज होटल हब बनिरहँदा खुलेको बार एकेडेमीले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । शुभारम्भ कार्यक्रममा प्रशिक्षक सुरज गुरुङ्गले ग्लास र बोतल नचाउने कला प्रदर्शन गर्दै कक्टेल र मक्टेल पनि सीपकै एउटा महत्वपूर्ण पक्ष भएको औंल्याए ।

 
‘बार भन्ने बित्तिकै रक्सी खाने ठाउँ मात्रै बुझिएको छ’, सञ्चालक पञ्चत्व ग्रुपका अध्यक्ष तुलसी थापाले दैनिक नेपालगन्जसँग भने, ‘पेय पदार्थलाई कसरी स्वास्थ्यबद्र्धक र आकर्षक बनाउने भन्ने कला सिकाउन एकेडेमीको स्थापना गरिएको हो ।’ ४५ दिनसम्म प्रशिक्षार्थीले सिकेको ज्ञान, सीप देश विदेशका बारमा प्रयोग हुने ट्वीष्ट एकेडेमीले जनाएको छ ।

 
चार जना युवा व्यवसायीहरुले संयुक्त लगानीमा सुरु गरेको पञ्चत्व ग्रुपले पहिलो व्यवसायिक प्रतिष्ठानका रुपमा ट्वीष्ट एकेडेमी सञ्चालनमा ल्याएको हो । ‘अमेरिकाबाट सुरु भएको बार टे«निङ्गलाई दक्ष जनशक्ति तयार गर्न नेपालगन्ज ल्याइएको हो’, अध्यक्ष थापाले भनिन् । उनका अनुसार, आज सोमबारदेखि भर्ना खुल्ला गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया