बजाज तीन पाङ्ग्रे बजाज आरई र म्याक्सीमा सी को एक मात्र आधिकारिक वितरक हसंराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०७६ को योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘अब नो चिन्ता गर्मीमा – आरई वा म्याक्सीमा सी किन्दा फ्रिज सित्तैमा’ भन्ने नारा सहित यो योजना ल्याएको हो ।
नयाँ वर्ष २०७६ को अवसरमा कम्पनीले ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ जसमा ग्राहकहरुले बजाज आरई वा म्याक्सीमा सी किन्दा हिमस्टारको १९० लिटरको फ्रिज सित्तैमा पाउने छन् । यस योजना २०७५ साल चैत १५ गतेदेखि २०७६ साल जेठ १५ गतेसम्म लागू हुनेछ । यो अफर बजाज आरई र म्याक्सीमा सी का सबै आधिकारिक डिलरहरुमा उपलब्ध रहेका छन् ।
‘नेपालीहरुको उल्लासमा अझ उत्साह थप्नेनयाँ वर्ष नजिकिँदै छ । नयाँ वर्षले मानिसहरुमा उत्साह, उमंग तथा आशा बोकेर आएको हुन्छ । नयाँ वर्षको समय भनेको रमाइलो गर्ने, खुसीयाली बाँढ्ने र सम्भावनाको प्रयास खोज्ने समय हो । नयाँ वर्ष र समर सिजनको अवसरमा अमूल्य ग्राहकवर्गमाझ खुसी छर्ने यस्तोयोजना ल्याउन पाउँदा हामी अत्यन्तै खुसी छौँ’, हसंराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छा भन्छन्, ‘हामी हाम्रा ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्ने छौँ । हामीलाई विश्वास छ हाम्रा बजाज आरई र म्याक्सीमा सी का ग्राहकहरु १९० लिटरकोे हिमस्टार फ्रिज फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा पर्वको उत्साह छाउनेछ ।’
बजाज आरई र म्याक्सीमा सी ले विदेशमा रोजगारीको अवसर खोजीरहेका र विदेशबाट फर्किएका मानिसहरुका लागि स्वदेशमै रोजगारीको व्यवस्था सृजना गर्न अग्रसर रहेको छ । बजाज आरईमा ३ वर्षिय बीमा योजना रहेको छ । बजाज आरईले चालकहरुका लागि रु ५ लाखको स्वास्थ्य बीमा र रु २० लाखको आकस्मिक बीमा योजना ल्याएको छ ।