नेपालगन्जमा झण्डै ३ करोडमा ‘एप्पल सेरामिक’

घर निर्माणमा आकर्षक डिजाइन र टिकाउ टायल्स अनि सेनेटरी वेयर्सका लागि अत्याधुनिक शो–रुम ‘एप्पल सेरामिक’ सञ्चालनमा आएको छ । घरको भुईंदेखि भित्तासम्ममा उपयोग गरिने मार्बल, टायल, आकर्षक सेनेटरी वेयर्सका लागि झण्डै ३ करोड लागतमा ‘एप्पल सेरामिक’ सञ्चालनमा आएको हो ।

 
‘विश्वका प्रख्यात डिजाइनरले तयार पारेका टायल्स देखि सेनेटरी वेयर्सका आइटमका लागि एप्पल सेरामिक नेपालगन्जमा आवश्यकता महसुस गरियो,’ सञ्चालक इमरान सिद्दीकीले दैनिक नेपालगन्जसँग भने । ‘एप्पल सेरामिक’ सोरुमको सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले आइतबार शुभारम्भ गर्दै नेपालगन्जको आधुनिकतामा यसले थप योगदान पु¥याउने भन्दै प्रशंसा गरे । ‘मन्त्रीज्यूले निकै प्रशंसा गर्नुभयो,’ सञ्चालक इमरानले भने, ‘नेपालगन्जमा नयाँ र आकर्षक चीज भित्र्याएकोमा हौसला प्रदान गर्नु भएको छ ।’


एप्पल सेरामिक बेनकार्डो ब्राण्डको नेपालगन्ज, कोहलपुर र सुर्खेतका लागि आधिकारिक डिस्ट्रिब्यूटर्स समेत रहेको जानकारी दिंदै सञ्चालक इमरानले भने, ‘हामी कहाँ वेनकार्डो ब्राण्डका बाथरुम, किचेन लगायतमा प्रयोग हुने सेनेटरी वेयर्स पनि उपलब्ध छ ।’

 
युवा व्यवसायी इमरान सिद्दिकी र तौसिफ सिद्दिकीले एप्पल सेरामिकको अवधारणा ल्याएका हुन् । आइतवार शोरुम उद्घाटनमा आएका सेवाग्राहीहरुलाई इटालिका, मोट्टो, कजारिया, एजीएल, मोन्जा रोजा, ग्रानिटो लगायत ब्राण्डका सानादेखि ठूला साइजका टायल्सबारे जानकारी दिंदै भने, ‘यो स्तरका सामाग्री नेपालगन्जमा पहिलो हो ।’ ‘हामीबाट लगेका कुनै पनि सामानको १० बर्षको वारेन्टी वारेण्टी छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया