खजुरामा अनमोलको क्रेज

उच्च सुरक्षाका साथ साझको ४ः४५ बजे खजुरा महोत्सवमा झुल्केका अनमोललाई देख्दा दर्शकको तालीको सिमानै थिएन । महोत्सवस्थल गुञ्जमान भयो । स्टेज चढे सगै क्याप्टेन चलचित्रमा उनले अभिनय गरेको गित ‘रहर छ सँगै’ बोलको गीतमा डान्स समेत गरे । उनको डान्समा खजुरा समेत भुमेको भान हुन्थो । केहि फिल्मका डाइलग सुनाए लगतै यतियति पानी गंगाइरानी बोलको गीतमा पनि उनले नृत्य गरेका थिए ।

 

 

नृत्य सगै उनले स्टेजबाटै दर्शकसँग सेल्फी पनि खिचे । उनले दर्शकसगँ कुरा गर्दे अहिले सम्मकै अत्याधिक माया नेपालगन्ज खजुरामा पाएको बताए । झण्डै २४ हजार दर्शकहरुको भिडमा न्यूत्य सगै ३,४ वटा गित पनि गाए । अनमोलले क्याप्टेन चलचित्रको प्रचारको लागि पुनः नेपालगन्ज आउने प्रतिवद्धता जनाए । ‘म नेपालगन्ज आउँछु,’ उनले भने, ‘सँगै बसेर फिल्म् हेर्नुपर्छ है ।’ अनमोल सगै गायिका तृप्ती खड्का, भुमिका शाह, मोडल रुविना अधिकारी लगाएतले प्रस्तुति राखेका थिए ।

 

 

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा फागुन ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा अनमोलका बुवा समेत रहेका नायक भुवन केसी, नायिका निरुता सिंहलगायतका कलाकारहरूले प्रस्तुति दिने भएका छन । भुवन र निरुता नेपालगन्ज आइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया