बजारमा बिषादी युक्त तरकारी !

कर्मचारी र बजेट नहुँदा विषादी अवशेष दु्रत बिश्लेषण प्रयोगशाला बन्द
कृष्ण अधिकारी
दैनिक नेपालगन्ज

नेपालगन्जको राती तलाउ स्थित तरकारी बजारमा राखिएको विषादी अवशेष दु्रत बिश्लेषण प्रयोगशाला बन्द हुँदा नेपालगन्जका उपभोक्ताहरु बिषादी युक्त तरकारी खान बाध्य भएका छन् ।

 
बाली संरक्षण निर्देशनालय काठमाडौंले साढे २ बर्ष पहिले स्थापना गरेको प्रयोगशाला सरकारी बेबास्ताका कारण ६ महिनादेखि बन्द छ । नेपालगन्जको राती तलाउ स्थित तरकारी बजारमा दैनिक ८० टन तरकारी बिक्री हुन्छ । तरकारी बजारमा नेपालगन्जका छिमेकी गाउहरु देखि सल्यान, दैलेख, नारायणघाटदेखि सिमाबर्ती भारतिय बजारबाट तरकारी आउछ ।

 
तरकारी उत्पादनका क्रममा बिषादीको प्रयोग कुन मात्रामा गरिएको छ । बिक्रीका लागि ल्याइएको तरकारीमा बिषादीको अवस्था कस्तो छ भनेर नापजाचका लागि कृषि मन्त्रालयले राती तलाउ स्थित तरकारी बजारमा लाखौ खर्च गरेर २ बर्ष पहिले अत्याधुनिक उपकरण सहितको बिषादी अबशेष दु्रत बिश्लेषण प्रयोगशाला स्थापना गरेको थियो ।


नेपालमा वार्षिक करिब साढे ३ सय मेट्रिक टन बिषादी खपत हुने गरेको कृषि मन्त्रालय बाली संरक्षण निर्देशनालयको तथ्यांक छ । तरकारीमा प्रयोग हुने अधिकाश बिषादी बाहिरी मुलुकबाट आयात हुन्छन् ।
नेपाल सरकारले बिक्री–वितरणमा रोक लगाएका क्लोरडाइन, डीडीटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिन्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, मोनोक्रोटोफस, इन्डोसल्फेनलगायतका बिषादीसमेत अवैध रूपमा तरकारीखेतीमा प्रयोग हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

 
रोग, कीरा तथा चराचुरुंगीबाट तरकारी बालीलाई जोगाउन बिषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय तरकारी उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन उत्पादन वृद्धिका लागि हानिकारक बिषादीसमेत प्रयोग गर्ने गरेका छन् । कृषि विकास मन्त्रालयले बिषादीको प्रयोग घटाउन विभिन्न कार्यक्रम गर्दै आए पनि परिणाम उल्टो देखिँदै आएको छ । बिषादी हालेको कम्तिमा तीन साता पछि मात्र तरकारी, फल वा खाद्यान्न उपभोग गर्दा बिषादीका कारण मानव स्वास्थ्यमा हुन सक्ने जोखिमलाई कम सकिन्छ ।

 

 
कृषि बिज्ञहरुका अनुसार भान्टा, परवर, आलु, मुला, काउली, करेला, गोलभेडा, काक्रो, फर्सि, प्याज, धान, गहुं, मकै लगायतका खाद्यान्न तथा बेमौसमी तरकारी बालीमा बिषादीको प्रयोग धेरै गर्ने गरिएको छ । बाली संरक्षण निर्देशनालयले २०७० मंसिरमा सार्बजनिक गरेको अध्ययन प्रतिबेदनमा मानब शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इन्डोसल्फेन, क्लोरसाइरिफोस, मालाथिन, प्याराथिन मिथाइल, प्रोफेनोफोस, साइपरमेथ्रिन र ला बडा साइक्लोथ्रिनलगायत १३ वटा बिषादी फेला परेको उल्लेख छ ।

 
नेपालमा बर्षेनी १० देखि २० प्रतिशतका दरले बिषादी प्रयोग बढ्दै गएको सरकारी तथ्यांक छ । तरकारीमा लाग्ने रोग किराको प्रकोप नियन्त्ररण गर्नका लागि अत्याधिक मात्रामा बिषादकिो प्रयोग गर्ने र प्रयोग गरेको केहि दिन मै बिक्रीका लागि तरकारी बजारमा लैजाने प्रबृतिका कारण तरकारीमा उपभोक्ताहरुले खरिद गर्ने तरकारीमा बिषादीको पर्याप्त मात्रामा अवशेषहरु रहने गरेको छ । तर, कृषि मन्त्रालयको चरम लापरबाही र बेबास्ताका कारण अत्याधुनिक उपकरण सहितको बिषादी अबशेष दु्रत बिश्लेषण प्रयोगशाला बन्द भएको हो ।

 
राती तलाउ स्थित तरकारी बजारमा रहेको बिषादी अबशेष दु्रत बिश्लेषण प्रयोगशालाको ढोकामा लागेको ताला लामो साय देखि नखुलेका कारण ताला माथि माकुराको जालो लागेको छ । प्रयोगशाला संचालनका लागि आबश्यक बजेट र कर्मचारी नएका कारण प्रयोगशाला छ महिना देखि बन्द अबस्थामा रहेको रानी तलाउ कृषि उपज बजार संचालक समितिका सदस्य मेराज कबाडियाले बताए ।

 
प्रयोगशाला संचालनका प्रयोगशालामा जडान गरिएको बिद्युतको महशुल समेत प्रयोगशालाले डेढ बर्ष देखि तिरेको छैन । लामो समय देखि बिद्युतको महशुल नबुझाएका कारण अहिले प्रयोगशालाको बिद्युतको लाइन नै काटिएको छ । प्रयोगशाला कुन निकायले कसरी चलाउने बजेट र आवश्यक कर्मचारीहरुको ब्यबस्था कसरी गर्ने भन्ने अन्यौलका कारण प्रयोगशाला संचालनमा समस्या देखिएको कृषि ज्ञान केन्द्र बाकेका बाली संरक्षण अधिकृत एब प्रयोशालाका प्रमुख शकिल अहमद खानले बताए ।

 
प्रयोगशाला सञ्चालन भएको भए किसान तथा बिक्रेताले बिक्रीका लागि बजारमा ल्याएका तरकारीमा विषादीको परिमाण कति छ भन्ने जाच गरेर मात्रै बिक्रीका लागि अनुमति दिने वा नष्ट गर्ने भन्ने एकिन गरिन्थ्यो । तर प्रयोशाला बन्द भएका कारण प्रयोगशालामा परिक्षण नै नगरेर सिधै बिक्रीका लागि राखिने र उपभोक्ताहरुको भान्सा सम्म बिषादी युक्त तरकारी पुग्ने गरेको कृषि उपज बजार संचालक समितिका अध्यक्ष मोतिसरा थापाले बताइन ।
बालीनालीमा विषादी प्रयोग गरी सकेपछि ती बालीनाली कति दिनसम्म टिपेर बिक्रीवितरण र उपभोग गर्ने भन्ने विषयमा किसानले ध्यान नदिदा त्यस्ता तरकारी र खाद्यन्नको प्रयोगले मानव स्वास्थ्यमा असर गरिहरको छ । विषादी भएका तरकारी र खाद्यन्न प्रयोगले श्वास प्रश्वास, छाला , नशाका साथै स्मरण शक्ति, प्रजनन क्षमतामा असर पर्छ ।

 
लामो समय सम्म बिषादीयुक्त तरकारी तथा खाद्यान्नको प्रयोगले रगत तथा छालाको क्यान्सर हुने जोखिम धेरै हुने भेरी प्रादेशिक अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया