बाँकेमा लो भोल्टेज र लोडसेडिङको समस्या अन्त्य हुने

कोहलपुर — नानपारा १३३ केभी प्रशारण लाइनको सम्भाव्यता अध्ययन गर्ने सहमति

कृष्ण अधिकारी

नेपालगन्ज अर्थात नेपाल कै सर्वाधिक गर्मी हुने सहर । गर्मीका बेला तापक्रम ४२ डिग्री पुग्नु र छिन छिनमा विद्युत जाने समस्या त नेपालगन्जबासीको नियति नै बनेको छ । गर्मीका बेला बिद्युत हुदा पनि लो भोल्टेजका कारण पंखा, कुलर र एसी पनि राम्रोसंग नचल्ने समस्या त छँदैछ ।
नेपालगन्ज लगायत पश्चिम नेपालमा प्रमुख समस्याको रुपमा रहेको लो भोल्टेज र लोडसेडिङको समस्या हल गर्नका लागि नेपाल र भारत सरकारका उर्जा सचिबहरु बिच कोहलपुर— नानपारा १३३ केभी प्रशारण लाइनको सम्भाब्यता गर्ने अध्ययन गर्ने सहमति भएको छ ।
माघ ९ र १० गते पोखरामा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) को बैठकमा कोहलपुर— नानपारा १३३ केभी प्रशारण लाइनको सम्भाब्यता अध्ययन भारतको केन्द्रीय बिद्युत प्राधिकरणले ६ महिना भित्र पुरा गर्ने सम्झौता भएको हो । सोही बैठकमा नेपाल र भारत बीच बिद्युत आदान प्रदान गर्नका लागि ‘इनर्जी बैंकिङ’ कार्यान्वयन गर्ने सहमति भएको हो । ‘इनर्जी बैंकिङ’ सम्बन्धी प्रस्तावमा नेपालका तर्फबाट ऊर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय समकक्षी अजयकुमार भल्लाले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार दुई देशबीच आदान प्रदान हुने बिजुली पैचो जस्तै हुने छ । नेपालमा बढी भएको बिजुली भारतले नेपालबाट लैजाने र नेपाललाई आवश्यक पर्ने समयमा भारतबाट नेपालले लिन सक्नेछ । नेपालमा वर्षायाममा बिजुली बढी हुने गर्छ, भने हिउद याममा कम हुने अबस्था छ भने भारतमा बर्षातमा बिजुली कम हुने र हिउदमा बढी हुने अबस्था रहेको छ ।
सम्भाब्यता अध्ययन पछि कोहलपुर देखि नानपारा सम्म करिब ४० किलोमिटर लामो १३३ केभी प्रशारण लाइन निर्माण गर्ने योजना छ । कोहलपुरदेखि नानपारा सम्म १३३ केभी प्रशारण लाइनले ४५ बर्ष पहिले निर्माण गरिएको नेपालगन्ज देखि नानपारा सम्मको करिब २० किलोमिटर लामो ३३ केभी प्रशारणलाइनलाई बिस्थापित गर्ने छ ।
४५ बर्ष पहिले निर्माण गरिएको ३३ केभी प्रशारणलाइन जीर्ण भएका कारण पटक पटक चुडिन देखि प्राबिधिक समस्या धेरै आउदा नेपालगन्जमा विद्युत सेवा प्रभावित हँुदै आएको थियो ।चार दशक पहिले गरिएको बिद्युत सम्झौता अनुसार नानपाराबाट ५ मेघाबाट बिद्युत नेपालगन्ज ल्याउने गरिएको थियो ।
५ मेघाबाटको सम्झौता भएको भए पनि माग उच्च भएका बेला ११ मेघाबाट सम्म आयत गरेर नेपालगन्ज प्रशासरण लाइनबाट बितरण गरिदै आएको थियो । भारतबाट आयत हुने ११ मेघाबाट बिद्युत पनि पुरा भोल्टेजमा आउँदैन । सामान्यतया बिद्युतको प्रबाह ३३ हजार किलो भोल्टमा हुनु पर्छ । प्रचन्डगर्मी र लोड धेरै हुदा प्रसारण लाइनको तार चुडिने र टान्सफरमर जल्ने समस्याका कारण २५÷२६ हजार भोल्ट मात्रै बिद्युत प्रबाह भई रहेको छ । त्यसमा पनि कहिले काही त १८ हजार भोल्ट मात्रै विद्युत प्रवाह हुन्छ ।
लो भोल्टेजका कारण बिद्युत लाइन हुँदा पनि पंखा नघुम्ने मोटरले पानी नतान्ने, कम्युटर नचल्ने जस्ता समस्या बढ्दो छ । भारतको नानपारा देखि नेपालगन्ज सम्मको बिद्युत प्रशारण लाइन निक्कै जीर्ण र टान्र्सफरमरहरुमा लोड बढी भएकाले नेपालगन्जमा बिद्युतको समस्या भयाबह बन्दै गएको हो ।
प्राय जसो भारतीय क्षेत्रमा प्रशारण लाइन चुडिन्छ । प्रसारण लाइन चुडिए पछि बिद्युत सेवा अबरुद्ध हुन्छ । नेपालगन्जबाटै मर्मत टोली पुगेर मर्मत गरे पछि मात्रै बिद्युत सेवा संचालन हुन्छ । रातीमा तार चुडियो भने नेपाली टोली भारतीय भुमिमा जान सक्दैन । नेपाली टोली नपुग्दा सम्म मर्मत हुँदैन । मर्मत नभए बत्ती हुने कुरै भएन । बिहान मात्रै मर्मत टोली जान्छ र मर्मत गर्छ र बिद्युत सेवा चालु हुदा करिब १० ÷१२ घन्टा बिति सक्छ ।
जीर्ण प्रशारण लाइन, पुराना उपकरणका हुने प्राबिधिक चुबाबटसंग नेपालगन्ज मै हुने बिद्युत चोरीका कारण नेपालगन्ज बितरण केन्द्रले बर्षेनी लाखौ नोक्सानी खेप्दै आएको छ । पछिल्ला ४ दशकमा नेपालगन्जको बिद्युत सेवालाई थप ब्यबस्थित बनाउने तर्फ कुनै प्रभाबकारी काम नहदा नेपालगन्जबासीले लो भोल्टेज र लोडसेडिङको समस्या खेप्दै आएका थिए ।
कोहलपुर—नानपारा प्रशारण लाइन १३३ केभी क्षमताको हुने छ । प्रशारण लाइन निर्माण भयो भने भारतको नानापाराबाट १ सय मेघाबाट भन्दा बढी बिद्युत नेपालगन्ज हुदै कोहलपुर सब स्टेशनमा जोडेर नेपालको केन्द्रीय बिद्युत प्रणालीमा जोड्न सकिने छ भने नेपालको बिद्युत पनि नेपालगन्ज हुदै भारतको नानपारा सब स्टेशनमा पुराएको भारतको केन्द्रीय बिद्युत प्रणालीमा जोड्न सकिन नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मनोज सिहले बताए ।
नेपालगन्जमा बिद्युतको माग करिब २२ मेघाबाट छ । तर भारतबाट बढीमा ११ मेघाबाट मात्रै आयात गर्न सकिने अबस्था छ बाँकी नेपालको केन्द्रीय प्रशारणलाइनबाट लिने गरिएको छ । भारतबाट आउने लाइनमा समस्या भएको बेला नेपालको केन्द्रिय प्रशारणलाइनबाट एकै पटक २०÷२२ मेघाबाट लिन सक्ने अबस्था नहँुदा नेपालगन्जबासीले लोडसेडिङ समस्या खेप्नु पर्ने स्थिती यद्यपी कायमै छ ।
कोहलपुर—नानपारा १३३ केभी प्रशारण लाइन निर्माण पछि बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्राविधिकहरुलाई नेपालगन्जमा सहज रुपमा बिद्युत आपुर्ति गराउनका लागिकाठमान्डौ र नानपाराका विद्युत प्राधिकरणका उच्च अधिकृतहरुसंग हारगुहार गर्नु पर्ने अबस्थाको पनि अन्त्य हुने छ ।

प्रतिक्रिया

प्रतिक्रिया