आयात घटाउन सके अर्बौ व्यापार घाटा घट्ने

नेपाल राष्ट्र बैंक नेपालगन्जका उपनिर्देशक नारायण पोखरेलले आयातलाई घटाउने क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । उनले आयात घटाउन सके त्यसले व्यापार घाटा घट्ने र देशको अर्थतन्त्रमा बलियो बनाउन भूमिका निर्वाह हुने धारणा राखेका हुन् ।

 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड परसपुरको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजना गरिएको उद्यमशीलता विकास तालिम बोल्दै उपनिर्देशक पोखरेलले नेपालमा अर्बौैको आयात हुने गरेको उल्लेख गर्दै स–साना लगानीय त्यो आयातलाई रोक्ने सके देशकै लागि त्यसले टेवा पुर्याउने बताए ।

 
‘निर्यात बढाउन नसकेपनि कम्तिमा आयात रोक्ने खालका उत्पादनशील कार्यमा सहभागी होऔं’, उपनिर्देशक पोखरेलले भने, ‘गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याएको लघुवित्त क्षेत्रले देशकै अर्थतन्त्रमा समेत योगदान दिंदै आएको छ ।’ ‘आयात गर्न विदेशी मुद्रा चाहिन्छ जुन रेमिटान्सले मात्रै धानेको अवस्था छ’, उनले भने, ‘उनले आयात रोक्ने खालको उद्यमशीलता विकास भए अर्बौ रुपैयाँ विदेशीनबाट जोगिन्छ ।’

 
२०३० सम्म सहस्राब्दी लक्ष्य प्राप्त गर्नका लागि सरकारले रणनीति तय गरेको जानकारी दिंदै उपनिर्देशक पोखरेलले भविष्यका लागि वर्तमान सरकारले भिजन बनाइसकेको बताए । ‘पुस मसान्तसम्म त्यो भिजन ल्याउन तयारीमा सरकार थियो’, उपनिर्देशक पोखरेलले भने, ‘त्यसमा लघुवित्त संस्थाहरुले सहयोग पुर्याउन सक्छन् ।’

 
राष्ट्रलाई आर्थिक रुपमा समृद्धि बनाउने दायित्व नागरिकको पनि रहेको उपनिर्देशक पोखरेलको धारणा थियो । ‘नागरिकले आफ्नो अधिकार खोजेर लिने र दायित्व पालना गर्नुपर्छ’, उनले भने । ‘सरकारले सन् २०४३ सम्म नेपालको गरिबी दरलाई शुन्यमा झार्ने लक्ष्य राखेको छ’, उपनिर्देशक पोखरेलले भने, ‘सम्म २१.६ प्रतिशतमा रहेको गरिबी रहेको नेपालमा त्यो संख्या सन् २०३० सम्म आधा पार्ने लक्ष्य छ ।’ भिजन सन् २०४३ सम्म गरिबीलाई शुन्यमा झार्न बार्षिक १७ सय ७० अर्ब रुपैयाँको योजना रहेको उनले जानकारी दिए । ‘त्यसमा माइक्रोफाइनान्सले २० प्रतिशत योगदान गर्ने अनुमान छ’, उपनिर्देशक पोखरेलले भने, ‘नेपाल सरकारको पोलिसिले मात्रै हुँदैन निजी क्षेत्र र वित्तिय संस्थाले पनि जिम्मेवारी वहन गर्नुपर्छ । उनले गरिबी निवारणमा माइक्रोफाइनान्सको योगदान महत्वपूर्ण रहेको बताए ।

 
नेपालगन्ज उपमहानगरपालिका वडा नंंं. १० का वडा सदस्य नरबहादुर विष्टले निर्धनको उत्थानका लागि गरिएको लगानीको सदुपयोग गर्न आग्रह गरे । उनले उद्यमशीलतामा नाममा लिइएको कर्जाको दुरुपयोग नगर्न आग्रह गरे । ‘लगानीका नाममा ऋण लिने र त्यसलाई अन्य कार्यमा खर्च गर्ने पारिपाटीको अन्त्य हुनुपर्छ’, सदस्य विष्टले भने, ‘ऋण रकम उद्यमशिलताका लागि खर्च गर्नुहोस् ।’ राज्यलाई सहयोग पुर्याउन उद्यमीले करमा दर्ता हुने र राज्यलाई कर बुझाउन अनिवार्य रहेको बताए ।

 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड परसपुरका शाखा प्रबन्धक टोप बहादुर रास्कोटीले नेपालगन्ज, खजुरा र बर्दियाको बढैयातालमा संस्थाले आफ्ना आर्थिक गतिविधि गरिरहेको जानकारी दिए । उनले सरकारको गरिबी निवारणको लक्ष्य प्राप्तिका लागि लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘पूँजीको अभावमा उद्यमशीलता गर्न नसकेका महिलाहरुलाई लक्षित गरेर १५ बर्षदेखि यस क्षेत्रमा काम गरिरहेका छौं’, अध्यक्ष रास्कोटीले भने, ‘परसपुर शाखाबाट १ सय २० गाउँका ३ हजार १ सय सदस्यहरुलाई सेवा दिइरहेका छौं ।’

 
प्रबन्धक टोप बहादुर रास्कोटीले परसपुर शाखाबाट १ हजार ८ सय जनाले ऋणको कारोबार गरिरहेको जानकारी दिंदै हालसम्म अर्बौ लागनी गरेको बताए । ‘कारोबार गरिएको १७ करोड उठाउन बाँकी रहेको छ’, उनले भने, ‘निर्धनले बाँके जिल्लामा ३० हजारलाई बचत तथा ऋणको सेवा दिइरहेको छ ।’ ११ करोड सदस्य रहेका ३ हजार १ सयले बचत गर्नुभएको जानकारी दिंदै प्रबन्धक रास्कोटीले ६ करोड अन्य बैंकसँग ऋण लिएर लगानी गरेको जानकारी दिए । ‘समूहमा ऋण लगानी गरिरहेका छौं’, उनले भने, ‘निर्धनका लागि पूँजी जुटाउने हाम्रो लक्ष्य हो ।’

 
निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय परस्पुर बाँकेले आफ्ना सदस्य गृहणीलाई तीनदिने उद्यमशिल विकास तालिम शुक्रबारबाट सुरु गरेको छ । तालिमको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगञ्जका उप–निर्देशक नारायण पोख्रेलले गरेका थिए । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय परस्पुरले कर्जा, बचत, रेमिटान्स र बैंकिङ्ग सेवा दिदै आएको छ । सो तालिममा विभिन्न समुहबाट २५ जना गृहणी महिला तथा उनका अभिभावक सहभागी रहेको आयोजकले जनाएको छ । रमेश ठगुन्नाले सञ्चालन गरेको तालिममा जिताराम गौतम, प्रेम प्रसाद सुवेदी, सुनिता थापालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया