नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा अकस्मात बिरामी भएर अस्पताल भर्ना हुनुपरेको छ ।सोमबार दिउसो असैह्य पेट दुखेर नर्भिकमा उपचार गरेर फर्किएपछि पुनः देखेपछि साँझ पुनः सोही अस्पतालमा भर्ना भएकी छन् । उनलाई फुड प्वाइजन भएको हो वा एपेण्डिसाइटिस भएको हो ? यकिन भइनसकेको राणालाई भेटेर फर्किएका एक व्यवसायीले बताए ।
पीडा असैह्य भएपछि चिकित्सकले उनलाई पेनकिलर दिएका छन् । राणाले बान्तासमेत गरेकी छन् । उनलाई भेट्न महासंघका पदाधिकारीलगायत अन्य थुप्रै व्यवसायीहरु नर्भिक पुगेका छन् । राणाको रगतको कल्चर रिपोर्ट आउन ७२ घण्टा लाग्ने भएकाले त्यो रिपोर्ट आएपछि मात्रै धेरै कुरा थाहा हुने चिकित्सकको भनाई उदृत गर्दै एक व्यवसायीले बताए । राणा अकस्मात बिरामी भएपछि बुटवलमा बुधबारदेखि हुने भनिएको महासंघको कार्यकारिणी समितिको बैठक पनि स्थगित गरिएको केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।