बर्दिया महोत्सवमा दर्शकको ओइरो

गत बिहीबारदेखि बर्दियामा सुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ हेर्न आउनेको दिनहुँ भिड बढ्न थालेको छ । समृद्ध प्रदेश नम्बर ५ को प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार भन्ने मुल नारा सहित बर्दियाको सदरमुकाम गुलरियामा पहिलो पटक प्रादेशिक स्तरको महोत्सव आयोजना गरिएको हो ।

 
‘महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक रुपमा भैरहेको छ’, उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष बिरबहादुर चौधरीले भने । बर्दियाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउने, आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ तथा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवका संयोजक वीर बहादुर चौधरीले बताए ।
अध्यक्ष चौधरीले व्यवसायिक प्रतिस्पर्धाको बातावरणको सृजना गराई लगानीका अवसरको सृजना गर्ने, विभिन्न मुलुकहरुमा उत्पादित बस्तु एवं सेवाहरुको बृहत प्रदर्शनी गरि प्रचारप्रसारमा सहयोग पुर्याउने मुख्य उद्देश्य महोत्सवको रहेको बताए । महोत्सव पुस ८ गतेसम्म चल्नेछ ।

 
झण्डै २ सय व्यापारिक स्टलहरु रहको महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने, देश भित्र बाहिर उद्योगी एवंं व्यवसायिहरु, स्थानिय उपभोक्ताहरु, वित्तिय संघसंस्थाहरु, किसान, शिक्षक अनुसन्धानकर्ता लगायत छिमिकी मुलकका उद्योगी, पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने र झण्डै ५ करोडको आर्थिक कारोबार गर्ने अनुमान रहेको छ ।

 
दुना, टपरीको माग बढ्यो

महोत्सवमा थारु समुदायका महिलाहरुले सामूहिक रूपमा बनाएका दुना टपरीहरुको माग बढेको छ । वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा महिलाहरुले बनाइएका दुना टपरीले महोत्सवमा राम्रो व्यापार गरेको छ ।

महोत्सवमा सिर्जनशिल ढकिया उद्योग राजापुर नगरपालिका ४ संघर्षनगरका थारु महिलाहरुले बनाएका ढकिया, मुढा, टोकरी, फुलदानी लगायत साथै खेर गैरहेका सालका पातबाट बनाइएका दुना टपरीले महोत्सवमा राम्रो व्यापार गरेको छ ।

हामीहरुले राखेको सामानहरुमा सबभन्दा बढि दुना टपरी नै बढी व्यापार भइरहेको सिर्जनाशिल ढकिया उद्योगका जुकमनि थारुले बताइन् । वातावरणीय दृष्टिकोण र सजिलोका कारणले पनि दुना टपरीको महोत्सवमा माग दैनिक बढेको देखिएको थारुले बताइन् । दैनिक रुपमा ४ हजार सम्मको दुना टपरीको व्यापार हुने गरेको समेत उनले बताए ।

प्लास्टिकबाट बनाइएका दुनाटपरी प्रयोग गर्दा स्वास्थ्य र वातावरणलाई हानि पुुर्याउने विभिन्न सुचना मुलक सन्देशहरुमा थाहा पाएकोले रुखका पातबाट बनाइएका दुना टपरी पुजाहरुमा पनि प्रयोग गर्न सकिने र खानपानमा पनि सहज भएकाले यसको खरिद गरेको गुलरिया नगरपलिका ६ का शोभा थापाले बताइन् । दुना टपरीको व्यापार बढ्नुमा मानिसहरु जागरुक हँुदै वातावरण प्रतिको मोह र कामकाजमा सहजता हुने भएकाले पनि यसको व्यापार बढेको उद्योग व्यापार संघ गुलरियाका उपाध्यक्ष मनोज यादवले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया