बाँकेका अग्रज पुस्तक व्यवसायी बसन्त लामिछाने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्ष निर्वाचित भएका छन् । शनिबार भएका निर्वाचनमा लामिछानेले दाङका भैरव रावललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
लामिछाने महासंघ बाँकेको संस्थापक अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समेत हुन् । बाँकेबाट दुर्गासिंह बस्नेत र असरफ खान प्रदेश सदस्य चुनिएका छन् ।