नेपालगन्जमा हुण्डाईको एक्सचेन्ज

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबारदेखि देशभरी डुन्डाई एक्सचेन्ज कार्यक्रम सञ्चालन गरेको छ ।


लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभरका अधिकारिक बिक्रेताहरु मार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो । एक्सचेन्ज क्याम्पमा विभिन्न अफरहरु समेत सञ्चालनमा रहेको नेपालगन्ज स्थित हिम अटो डिष्ट्रिब्यूटरका बिक्री प्रबन्धक विमल गौतमले जानकारी दिए । उनले ‘स्पट एक्सचेन्ज र मूल्यांकन, सुलभ फाइनान्स तथा इन्स्योरेन्स तथा नगद छुट’को व्यवस्था रहेको बताएका छन् ।


लोयल्टी बोनस १५ हजार बराबर र एक्सचेन्ज बोनस १ लाख ५० हजारसम्म रहेको बिक्री प्रबन्धक गौतमले जानकारी दिए । ‘चार बर्ष फ्रि सर्भिस, ३ बर्षको वारेन्टी र टेष्ट ड्राइभमा आकर्षक उपहारको पनि व्यवस्था छ’, बिहीबारबाट हिम अटोमा पनि एक्सचेन्ज अफर सञ्चालन भैरहेको जानकारी दिंदै गौतमले भने ।


लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मीहुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

 
ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बर्षभरिनै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज क्याम्पलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया