एकै छानामूखि सय बढी मोबाइल, घरायसी उपयोगका इलेक्ट्रोनिक्स सामान उपलब्ध हुनेगरी अत्याधुनिक इलेक्ट्रोनिक्स शोरुम सञ्चालनमा ल्याइएको छ ।
नेपालगन्जको सेतु विक चोकमा अत्याधुनिक इलेक्ट्रोनिक्स शो रुम फोरकाष्ट इलेक्ट्रोनिक्स मार्ट सञ्चालनमा ल्याइएको हो । पौने करोडका लागतमा सञ्चालनमा ल्याइएको मार्टको शनिबार एक औपचारिक कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र फोरकाष्टका सञ्चालक खिमलाल खड्काले शुभारम्भ गरे । ‘५० रुपैयाँदेखि २ लाख ५० हजारसम्मका इलेक्ट्रोनिक्स सामानहरु भरपर्दो सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी मार्ट सञ्चालनमा ल्याएका हौं फोरकाष्टका प्रबन्ध निर्देशक अर्जुन खड्काले भने । एकै ठाउँमा सबै थरी मोबाइलदेखि घरायसी उपभोग्य इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध गराउन सुविधा सम्पन्न मार्ट सञ्चालनमा ल्याएको खड्काले बताए ।
फोरकाष्ट इलेक्ट्रोनिक्स मार्टका प्रबन्ध निर्देशक अर्जुन खड्काले नेपालगन्जमा इलेक्ट्रोनिक्स सामाग्रीहरुको हबका रुपमा फोरकाष्ट मार्टलाई विकास गरेको जानकारी दिंदै मागका आधारमा लगानी बढाउँदै लैजाने बताए । २०६७ सालमा पाँच लाख बढीको लगानीमा फोरकाष्ट सुरु गरेका खड्काले युवा व्यवसायीहरुको टिम सहित अत्याधुनिक मार्ट सञ्चालनमा ल्याएका हुन् । ‘
४० बढी किसिमका मोबाइल मात्रै हामीकहाँ उपलब्ध छन् खड्काले भने स्तरीय र भरपर्दो तरिकाबाट उपभोक्ताको विश्वास जित्ने गरी अगाडि बढेका छौं ।’ शुभारम्भमा नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा भण्डारी, एनइए बाँकेका अध्यक्ष चिरञ्जीवि ओली लगायत सहभागी थिए ।