दुई देशबीचको आयात–निर्यात समस्याका बारेमा नेपाल तथा भारतका अधिकारीहरु बीच शुक्रबार भारतको रुपैडिहामा छलफल भएको छ ।
नेपाली व्यवसायी तथा सरकार अधिकारीहरुले बिहीबार भारतीय राजदुतावासका प्रथम वाणिज्य सचिव प्रभजित सिंह गुलाटीलाई नेपालगन्ज उद्योग वाणिज्य संघमा भएको छलफलमा आयात–निर्यातका समस्याबारे अवगत गराएका थिए । सचिव गुलाटीले व्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै शुक्रबार रुपैडिहामा नेपाल तथा भारतका अधिकारीहरु बीच छलफल गराएका हुन् ।
इण्डियन कस्टममा हुने ढिलाई विषय माथि छलफल गरि इडिआई सफ्टवेयर फारम क्लिरियन्सको सेवालाई बढाउन, पेट्रोलियम प्रदार्थको गाडीलाई छिटो पास गर्न तथा भारतीय सिमा सुरक्षा बलमा इन्ट्री काउन्टर बढाउनका लागि नेपाली व्यवसायीहरुले आग्रह गरेका थिए ।