नेपालगन्जका बैंकर्स संगठित

नेपालगन्जका बैंकमा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले नेपालगन्ज बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाबाट दर्ता प्रमाणपत्र लिएका उनीहरु नेपालगन्जमा रहेका सबै बैंक तथा वित्तिय क्षेत्रमा कार्यरतहरुलाई संगठित गर्दै अगाडि बढ्ने बताएका छन् ।

 
हर्मेस सोनीको अध्यक्षतामा गठित बैंकर्स क्लबमा मेगनाथ ढकाल उपाध्यक्ष, दिपक खनाल सचिव, दिलिप डाँगी सहसचिव र सिद्ध भण्डारी कोषाध्यक्ष छन् । सदस्यहरुमा शैलेन्द्रमान श्रेष्ठ, विवेश स्वाँर, राममणि अधिकारी र बुद्ध प्रसाद मानन्धर रहेको अध्यक्ष सोनीले जानकारी दिए । ‘एकापसमा अन्तरक्रियात्मक सम्बन्ध स्थापित गर्ने र संगठित रुपमा सामाजिक कार्य गर्ने मुख्य उद्देश्य हो’, अध्यक्ष सोनीले दैनिक नेपालगन्जसँग भने, ‘सुरुमा यहाँ रहेका सबै वाणिज्य बैंकहरु संगठित भएका छौं ।’ नेपालगन्जमा मात्रै २८ वटा वाणिज्य बैंकका शाखा छन् ।

 
‘बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने सबैलाई संगठित गरेर अगाडि बढ्ने हाम्रो योजना हो’, स्टयाण्डर्ड चाटर्ड बैंकका नेपालगन्जस्थित शाखा प्रबन्धक समेत रहेका अध्यक्ष सोनीले सबै तहका बैंक तथा वित्तीय क्षेत्रमा कार्यरतहरुलाई संगठित गर्दै जाने योजना सुनाए । ‘नजिकको बैंकिङ्ग सम्बन्ध स्थापित गर्दा धेरै कुरा सिकाई आदानप्रदान पनि हुन्छ’, अध्यक्ष सोनीले भने, ‘सबै तहका कर्मचारी बीच मित्रतापूर्ण सम्बन्ध पनि विकास हुँदै जान्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया