वेष्टर्न बचतले गर्यो ऋण सुरक्षाका लागि बिमा

वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले ऋणको सुरक्षाको लागि ऋणको विमाको ब्यवस्था ल्याएको जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष इश्वर पोखरेलले सिद्धार्थ इन्सुरेन्ससँग सहकार्यमा ऋण बिमा थालिएको बताए ।

 

‘यसले ऋणिको सुरक्षा त गर्छ नै सहकारीको जोखिम पनि पूर्ण रुपमा न्यूनीकरण गरेको छ’, अध्यक्ष पोखरेलले भने ।
२०६८ साल साउन ११ गतेदेखि सञ्चालनमा आएको वेष्टर्नले आफ्ना ९ सय ९२ शेयर सदस्यहरु बीच कारोबार सञ्चालन गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ थियो ।

 

‘बाँकेमा सम्भवत ऋणको विमा गर्ने सहकारी वेष्टर्न पहिलो हो’, सिद्धार्थ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख नवराज पराजुलीले ऋण विमा रकम हस्तान्तरण गर्दै भने, ‘पूर्वतिर यो अभ्यास असाध्यै सफल मानिएको छ ।’ ‘अत्यन्तै न्यून लगानीमा ठूलो उपलब्धी दिएका छौं’, सिद्धार्थको ऋण विमाबारे पराजुलीले भने ।

 

कार्यक्रम बीच सिद्धार्थ इन्स्योरेन्सले वेष्टर्नको ऋण विमा रकम भुक्तानी गरेको छ । वेष्टर्नले ऋण लगानी गरेका ऋणिको दुर्घटनामा निधन भएपछि ऋण विमा वापतको ६ लाख रुपैयाँ सिद्धार्थका क्षेत्रीय प्रमुख पराजुलीले वेष्टर्नका अध्यक्ष पोखरेललाई हस्तान्तरण गरेका हुन् । ‘यसले संस्थाको लगानीलाई सुरक्षित बनाएको छ’, कार्यक्रममा वेष्टर्नका प्रबन्धक थानिश्वर पाण्डेले भने ।

प्रतिक्रिया

प्रतिक्रिया