नेपालगन्जमा आउला त लगानी ?

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रादेशिक महोत्सवका क्रममा विभिन्न उद्योगपति घरानालाई निम्त्याएर लगानीका लागि प्रेरित गर्ने भएको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले महोत्सवमा स्टल बुक गर्नेदेखि प्रायोजन गर्ने ठूला उद्योगपतिहरुलाई नेपालगन्ज भित्र्याएर उद्योग स्थापनाका लागि अनुरोध गर्ने नीति अघि सारिएको बताए ।

 

‘निमन्त्रणासगै बाके जिल्लामा नया–नया उद्योग भित्र्याउन विशेष अनुरोध गरिएको छ’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्ज सग भने, ‘कतिपयले हामीलाई आश्वस्त पनि पार्नु भएको छ ।’ अध्यक्ष वैश्यका अनुसार, प्रादेशिक महोत्सवका लागि स्रोत खोजी देखि नेपालगन्जमा बहुउद्देश्यीय सभा गृह तथा प्रदर्शनी स्थल निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्न काठमाडौं पुगेको टोलीले ठूला उद्योगपतिहरुस“ग भेटघाट गरेको हो ।

 

चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीदेखि गोल्छा अर्गनाइजेशनका प्रमुखसम्म भेटघाट गरेको संघको टोलीले पशुपति मुरारका देखि चन्द्र ढकालसम्मलाई नेपालगन्ज औद्योगिक मैत्री सहर भएको भन्दै नया उद्योग ल्याउन अनुरोध गरेको अध्यक्ष वैश्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया