आयआर्जनमूलक व्यवसायमा लगानी गर्दै लायन्स

शिक्षा, स्वास्थ्य र दैवीप्रकोपजन्य घटनामा राहतका लागि क्रियाशिल रहेको लाइन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ ले अब जीवनस्तर उकास्न आर्थिक क्रियाकलापहरुमा विना धितो लगानी गर्ने भएको छ ।

 

लायन्सले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) मार्फत विना धितो आजआर्जनमूलक कामका लागि ऋण लगानी गर्न लागेको हो । त्यसका लागि लायन्स र नफस्कुन बीच सम्झौता भएर काम अगाडी बढिसकेको छ । लायन्स र नेफस्कुनको संयुक्त लगानीमा आयआर्जनमूलक क्षेत्रमा लगानी गर्न लागेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२४ बी २ का गभर्नर मधुसुदन शर्मा रिजालले जानकारी दिए ।

 

 

नेफस्कुन लायन्स माइक्रोइन्टरप्राइजेज डेभलमपेन्ट प्रोजेक्ट नाममा सञ्चालित परियोजनाका लागि पहिलो चरणमा लायन्सले २२ लाख र नेफस्कुनले ३५ लाख रुपैया“ लगानी गर्दैछ । ‘आयमूलक क्षेत्रमा लगानी गरी जीवन स्तर उकास्ने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ परियोजना सुरु गरेका हौं’, गभर्नर रिजालले भने । गभर्नर रिजालले पाइलट प्राजेक्टका रुपमा उक्त परियोजना नेपालका विभिन्न ८ जिल्लामा सञ्चालित हुनेछ । जसमा बा“के र बर्दिया पनि रहेका छन् ।

 

 

स–साना उद्यम गरेर आत्मनिर्भर बन्न चाहनेलाई परियोजनाले फाइदा हुने विश्वास लिएको गभर्नर रिजालले दैनिक नेपालगन्जलाई बताए । परियोजनाका लागि लायन्सले १ करोड रुपैया छुट्याएको छ । ‘लगानीको सकारात्मक प्रभाव देखिएमा लगानी थप गर्दै जानेछौं’, गभर्नर रिजालले भने । सहकारी मार्फत समूहमा ५ लाख सम्म विनो धितो ऋण दिने व्यवस्था गर्न लागिएको उक्त परियोजना बारे मंगलबार नेपालगन्ज छलफल समेत गरिएको छ । बा“केमा रहेका सहकारीकर्मीहरुको सहभागितामा आयोजित कार्यक्रममा लायन्स र नेफस्कुनका पदाधिकारीहरुले परियोजना बारे जानकारी गराएका थिए ।

 

 

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर सेम शाक्यले सहकारी स“ग समन्वय गरेर काम गर्दा लाभान्वितको संख्या बढ्ने विश्वास व्यक्त गरे । परियोजनामा लगानी थप्ने विषय परियोजनाको सफलतामा निर्भर रहेको बताउ“दै पूर्व गभर्नर शाक्यले परियोजनाको सफलताले आयआर्जनमूलक क्षेत्रमा थप लगानीको सम्भावना रहेको जानकारी दिए । ‘सहकारी मार्फत जीवनस्तर उकास्ने लायन्सको उद्देश्य हो’, पूर्व गभर्नर शाक्यले भने ।

 

 

नेफस्कुन लायन्स माइक्रोइन्टरप्राइजेज डेभलमपेन्ट प्रोजेक्टको व्यवस्थापन नेफस्कुनले नै गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । विना धितो र न्यूनतम ब्याजमा सहकारी मार्फत समूहहरुमा लगानी गर्ने योजना रहेको कार्यक्रममा सहकारीकर्मीहरुलाई जानकारी दिइएको थियो । समूहहरुलाई आयाआर्जनमूलक कामका लागि नेफस्कुनले सहयोग समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया