बजार प्रवद्र्धन गर्ने उद्देश्यले प्रीत टेक्टरले नेपालगन्जमा बिहीबार रोड शो सुरु गरेको छ । प्रीत टे«क्टरका कन्ट्री म्यानेजर प्रकाशसिंह राठोर र यूनाइटेड मोटर्स सप्लायर्स प्रालिका मार्केटिङ्ग म्यानेजर डम्बर बिसीले संयुक्त रुपमा रोड शोको उद्घाटन गरेका हुन् ।
रोड शो सुरु भए लगत्तै प्रीत टेक्टरले नेपालगन्ज लगायत बिभिन्न ठाउमा पुगेका थिए । रोड शो चलिरहदा प्रीत टेक्टरको खरीदमा बिशेष अफर समेत सार्वजनिक गरिएको थियो ।
प्रीत टेक्टरका कन्ट्री म्यानेजर राठोरले प्रीत टेक्टरको खरीदमा बजाज कम्पनीको मोटरसाइकल वा दुई हजार लिटर डिजल फ्रि, ३२ इन्चको एलईडी टिभी, एक वर्षको कर र बिमा फ्रि मध्ये एक उपलब्ध हुने जानकारी दिए ।
प्रीतले बजार प्रवद्र्धनका लागि नियमित विभिन्न गतिविधि गर्दै किसानलाई ब्राण्डबारे जानकारी दिंदै आएको छ ।