नेपालगन्जमा ‘बुलेट साइकल’ भित्रिएको छ । नेपालगन्जमा साइकलका लागि अग्रणी मानिएको बिबि साइकलले आफ्नै ब्राण्डको बुलेट साइकल भित्र्याएको हो ।
साइकलमा ३ सय ६५ भेराइटीको सेवा दिइरहेको दाबी गर्ने बिबि साइकलका प्रबन्ध निर्देशक मोहम्मद सरिफ बागवानले दैनिक नेपालगन्जस“ग भने, ‘बुलेट साइकल नेपालगन्जका लागि मात्र नभई नेपालकै लागि नया“ भेराइटी हो ।’
बागवान साइकलका नाममा ब्राण्ड स्थापित गरेको बुलेट साइकल बारे सञ्चारकर्मीहरुस“ग कुरा गर्दै मो. सरिफले सोमबारबाट साइकल बजारमा पठाइएको बताए ।
‘आज औपचारिक रुपले लन्च गरिएको छ’, सोमबार दिउसो बिबि साइकल शोरुम बाहिर आफै साइकल चलाएर बुलेट साइकल लन्च गरेका मो. सरिफले भने, ‘यो साइकल सबैको राजाका रुपमा स्थापित हुनेछ ।’ उनका अनुसार, बिबि साइकलले बागवान मोडल नाम दिएपनि टाटा कम्पनीका पार्टस्हरुबाट बुलेट तयार भएको हो ।
‘साइकललाई स्थापित गर्न लागत मूल्य मात्र जोडेर बिक्री खुल्ला गरिएको छ’, मो. सरिफले ५ हजार देखि ५० हजारसम्म मूल्यका साइकल बेचिरहेको जानकारी दिंदै भने, ‘बागवान मोडेलको बुलेट साइकलको मूल्य ३५ हजार मात्र राखिएको छ ।’ १८ स्पिडको माउण्टेन बाइक उपकरण जोडिएको जानकारी दिंदै बुलेट टायर भएकाले साइकिलिङ्गका पारखीहरुका लागि यसले मन जित्ने विश्वास सरिफको छ । नेपालगन्जमा नया–नया भेराइटीका साइकल भित्र्याउन खप्पिस मो. सरिफ बागवानले नेपालगन्जमा साइकललेनको विकास गर्न सकिए प्रदुषण नियन्त्रणमा योगदान हुने बताए ।