कारकादो स्थित सडक विभाग परिसरमा आयोजित आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा विद्यार्थीहरुको चासो बढेको छ ।
स्थानीय स्टेशनरीमा उपलब्धता नरहेका विद्यार्थीहरुलाई उपयोगी पुस्तक महोत्सवमा सहज रुपमा उपलब्ध हुने भएकाले विद्यार्थीहरुको आकर्षण महोत्सवमा बढ्दै गएको हो । ‘कतिपय पुस्तक स्टेशनरीस“ग आग्रह गरेर काठमाडौंबाट मगाउनु पर्ने अवस्था छ’, शैक्षिक महोत्सव अवलोकन गर्न पुगेका रामेश्वर शर्माले भने, ‘यहा“ सबै किसिमको पुस्तक पाइने भएकाले अवलोकनका लागि आएको हु ।’
कोहलपुर, नेपालगन्ज र खजुराका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले सामूहिक रुपमा पुस्तक प्रदर्शनीको अवलोकन गरी आफुलाई चाहिने पाठ्यपुस्तक खरिद गरेको पाइन्छ । विद्यार्थीहरु आकर्षित गर्न महोत्सव अयोजकले विद्यार्थीहरुका लागि विशेष छुटको व्यवस्था पनि गरेको छ । ‘परिचय पत्रका आधारमा विद्यार्थीलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिने गरेका छौं’, महोत्सवका प्रचार संयोजक बसन्त लामिछानेले भने, ‘सामूहिक रुपमा जति विद्यार्थी आएपनि विद्यालयको पत्रका आधारमा ३ सय रुपया“ मात्र प्रवेश शुल्क लिने गरेका छौं ।’
पुस्तक प्रदर्शनीको हालसम्म १० हजार विद्यार्थीले अवलोकन गरिसकेका छन् । सामूहिक अवलोकनमा जाने विद्यार्थीहरुले पुस्तकमा आफ्नो ध्यान केन्द्रित गर्ने गरेपनि अभिभावकसग महोत्सवमा पुग्ने विद्यार्थीहरुले भने स्टलप्रति भन्दा अभिभावकको रुचि अनुसार मनोरञ्जनात्मक कार्यक्रम हेर्न स्टेज तिर पुग्ने गरेका छन् । अभिभावक मनोरञ्जतर्फ लाग्दा सगै गएका विद्यार्थीले पुस्तक अवलोकन गर्न नपाएको पाइएको आयोजक नै बताउछन् । ‘विद्यार्थी स्टलमा हुदा अभिभावक आफैले विद्यार्थीलाई स्टेज तिर तानेको पनि देखियो’, एक पुस्तक व्यवसायीले भने ।
पुस्तक मात्र नभई महोत्सवमा रहेको विज्ञान प्रदर्शनीले पनि विद्यार्थीलाई आकर्षित गरिरहेको छ । महोत्सवमा ज्ञानोदय मावि खजुरा, स्प्रिङ्गडेल, पशुपति, जेनिथ बोर्डिङ्ग लगायतका स्कुलले बिज्ञान प्रदर्शनी गरिरहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन् भने विज्ञान प्रदर्शनीका बिषयमा आगन्तुकहरुलाई जानकारी समेत दिइरहेको महोत्सवमा देख्न पाइन्छ ।
ज्ञानोदय मावि, जेनिथ खजुराका विद्यार्थीहरुले अत्याधुनिक पुलको डिजाइन नै तयार पारेका छन् । उनीहरुले हाइड्रोलिक पुल, मोटरबेल स्पेन्सन् ब्रिजको नमना नै तयार गरेका छन् । सो बिद्यालयका बिद्यार्थी भानुभक्त कुमाल, बिजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमुना तयार गरेका हुन् ।
सोमबार पनि महोत्सवमा उल्लेख्य संख्यामा अवलोकनकर्ताहरु पुगेको प्रचार संयोजक बसन्त लामिछानेले जानकारी दिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यमा दर्शकहरु रमाए । आइतबार शंकर बिसी, रमेशराज भट्टराई, टिका पुन, अन्जली अधिकारी, रोजिना अधिकारी लगायतका कलाकारले मन्च तताएका थिए ।
महोत्सवको चौथो दिन आज सोमबार चर्चित लोकगायक बद्रि पंगेनी, पुरुषोत्तम न्यौपाने लगायतका कलाकारहरुको प्रस्तुति रहेको आयोजकले जानकारी दिएका छन् । उनीहरु लगायत राजनराज सिवाकोटी, राजनराज सिवाकोटी, दिपसागर थापा, आरुषी मगर लगायतको उपस्थिति रहने प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए ।