हुन्डाईको भर्ना ‘लन्च’

नेपालगन्जमा हुन्डाई कम्पनीको नया गाडी ‘द नेष्ट जेनेरेशन’ भर्नाको बिक्री शुभारम्भ गरिएको छ । सोमबार औपचारिक कार्यक्रम बीच हुन्डाईको नेपालगन्ज स्थित आधिकारिक बिक्रेता कम्पनी हिम अटोमा बिक्री शुभारम्भ गरिएको हो ।

 
हिम अटोका कार्यकारी सञ्चालक रविन्सन श्रेष्ठ र प्रबन्ध निर्देशक मिरा श्रेष्ठले कम्पनीको कारका“दो स्थित शो रुममा ‘द नेष्ट जेनेरेशन’ भर्ना ‘लन्च’ गरे । ‘बिक्री शुभारम्भ स“गै अवलोकनका लागि कार पारखीहरुको भीड लागेको छ’, प्रबन्धक विमल गौतमले भने । गौतमका अनुसार, ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजार मूल्यसम्मका भर्ना खरिदमा विशेष सुविधाहरु पनि राखिएका छन् ।

 
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले सोमबार देश भर भर्ना लन्च गरेको
छ ।

प्रतिक्रिया

प्रतिक्रिया