जयश्री ग्रुपअन्तर्गतको म्याजिक फुटवेयरले दशैं तथा तिहारको अवसर पारेर आफ्नो उपभोक्ताहरुकालागि “म्याजिकको स्मार्टफोन अफर” बजारमा ल्याएको छ ।

 
यस योजनाअन्तर्गत ग्राहकहरुले म्याजिक फुटवेयरको आधिकारिक शोरुमबाट रु.५०० भन्दामाथिको खरिद गरी यस योजनामा सहभागी हुनसक्नेछन् । सहभागी उपभोक्ताहरु मध्ये लक्की ड्र मार्फत ५ जना भाग्यशाली विजेताले हरेक १० दिनमा एउटा आकर्षक स्मार्टफोन प्राप्तगर्नुहुनेछ । यतिमात्रनभई हरेक दिन ५ जनाभाग्यशाली विजेताले आकर्षक उपहारहरु समेत प्राप्तगर्नुहुनेछ । यो योजना असोज २ गतेदेखि सुरु भई कार्तिक १० गतेसम्म लागू हुनेछ ।

 
म्याजिकका जुत्ताचप्पलहरुले गाँउहोस वा सहर, युवाहोस वा वृद्ध सबैमा सफलतापूर्वक आफ्नो उत्कृष्ट गुणस्तरले पकड बनाई राख्न सफलभएको छ । म्याजिकद्धारा उत्पादित MAGIC, aaros, MFORCE, Schoolko, तथा MPure का गरी करिब एक सयभन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ताचप्पलहरु उपलब्ध छन् ।

 
जयश्री ग्रुपले विगत ३५ बर्षदेखि आफ्नाविभिन्न ब्राण्डका जुत्ताचप्पलहरु उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । ६० प्रतिशत नेपालीबजार ओगट्न सफल यस कम्पनीकातीन वटा उत्पादन युनिटहरुबाट हाल इभा हवाई तथा पियुका १ सय ५० भन्दा बढी प्रकारका डिजाइनका जुत्ताचप्पलहरु उत्पादन भइरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया