भन्सार नियमनमा उदासिनताले सीमापारी बजार फष्टायो

कस्तो रह्यो एक बर्षे ?

म निर्वाचित हुदाको समयमा नेपालगन्जका व्यवसायीका लागि विद्युत सबैभन्दा ठूलो समस्या थियो । उद्योगी, व्यवसायी, सर्वसाधारण सबैलाई विद्युत अत्यावश्यक छ । नेपालगन्ज जस्तो गर्मी ठाउ“मा विद्युत आपूर्ति नियमित नहु“दा हामीले भोग्नु परेको समस्या अवगत नै छ । १६/१६ घण्टा लोडसेडिङ्ग हुन्थ्यो । मेरो निर्वाचित कार्यसमितिको पहिलो बैठकले नै विद्युत समस्या समाधानका लागि अध्यक्षलाई जिम्मा दिएको थियो । संघको पहिलो बैठक पछि म विद्युत समस्याका बुझ्न नेपालगन्ज वितरण केन्द्र देखि भारतको नानपारा सम्म पुगे । लगत्तै म काठमाडौं गए“ र गरेको पहिलले सार्थक परिणाम दियो । विद्युत समस्यामा धेरै कमी भयो । अझै अभियान जारी छ । व्यवसायीका लागि छुट्टै औद्योगिक फिडर सञ्चालनमा आयो ।

 
व्यवसायी किन जागरुक छैनन् फाहोर व्यवस्थापनमा ?
फोहोर उत्पादन व्यवसायीबाट नै बढी हुन्छ । हामीले व्यवसायीहरुलाई यसबारेमा भनेका पनि छौं, पसलबाट निस्कने प्लाष्टिक जन्य फोहोर जम्मा गरेर राखेर उपमहानगरपालिकाको फोहोर उठाउन आउने ट्याक्टरमा हाल्नुस् । चेतना फैलाउनका लागि संघले ग्रिन एण्ड क्लीन नेपालगन्जको अभियानमा पनि सहभागी भएको छ । संघ नीति बनाउने
संस्था होइन, दबाबमूलक, चेतनाफैलाउने संस्था हो र, हामीले चेतना फैलाइरहेका छौं ।

 

खुला सीमानाको समस्यामा के हो ?
खुला सीमानाबाट हुने अवैध कारोबार व्यवसायीको लागि ठूलो समस्या हो । यहा“का व्यवसायीहरु राज्यका विभिन्न निकायमा दर्ता भएर कर, भ्याट तिर्छ । व्यवसायीहरु राज्यको आर्थिक मेरुदण्ड हो । तर, राज्यका निकायहरुले त्यता तिर ध्यान दिंदैनन् । त्यहा पुरानै सोंच छ । दिनमा एउटौं मान्छे २०औं पटक ओहोरदोहोर गरेर भन्सार विना नै सामान भित्र्याइरहेका छन् । हजारौं मानिसहरु भन्सार नतिरेरै भारतबाट सामान ल्याउ“छन् । यहा“का कतिपय व्यवसायीले भन्सार छलेर ल्याएको सामान खरिद पनि गरिरहेका छन् । यसले इमान्दार व्यवसायी समस्यामा छन् ।

 
सीमापारी खुशहाल सीमावारी बदहाल किन ?
समस्या सिष्टममा छ । घरायसी प्रयोगका लागि केही सामान भारतबाट भन्सार नतिरेर पनि ल्याउन पाइन्छ । तर, त्यसको नियमन हुन जरुरी छ । कम्तिमा घरायसी सामान ल्याउ“दा भन्सार नलिए पनि एउटा सुविधाको फाराम भर्ने व्यवस्था गर्न आवश्यक छ । त्यसले कति सामान भन्सार विना नै नेपालमा भित्रिरहेको छ भन्ने थाहा हुन्छ भर्ने अर्को, दिनमा २० पटक रुपैडिहा धाउनेहरुलाई समस्या हुन्छ । पटकपटक भन्सार छलेर कारोबार गर्नेहरु थाहा पाउन सकिन्छ । उपभोक्ताको नाममा २० औं हजारको सामान विना भन्सार ल्याइन्छ भने हामी कसरी व्यवसाय सञ्चालन गर्न सक्छौं ।
भारतको रुपैडिहा एउटा गाउ हो । त्यो नेपालीहरुलाई लक्षित गरेर बनाइएको सानो बजार हो । त्यहा न कुनै करको दायरा छ । त्यहाका करोडौंको व्यवसाय गर्नेले बुझाउने कर हाम्रो यहा लाख रुपैयाको कारोबार गर्नेले बुझाइरहेको हुन्छ । त्यहाका व्यवसायीलाई कुनै कर छैन । तर, हामीले सामान ल्याउदा पहिलो त भन्सारमा नै कर तिर्नुपर्छ ।
विना भन्सार भित्रिने सामान निश्चित पनि भन्सार तिरेर ल्याउने सामान भन्दा बढी महंगो पर्न जान्छ । यसले भन्सार छलेर कारोबार गर्नेलाई प्रोत्साहित गर्दछ । र, राज्यको नीति, नियम बमोजिम कारोबार गर्ने व्यवसायीलाई प्रत्यक्ष मर्कापर्दछ । यसतर्फ राज्यले अपेक्षा अनुसार ध्यान दिएको छैन । यसको केही रहस्य भने पक्कै छ ।
निरन्तर प्रयास पछि केही समय भन्सारमा कडाई पनि गरियो । दैनिक ३ लाख भन्दा बढी राजश्व समेत संकलन भयो । तर, त्यसले निरन्तरता पाउन सकेन । केही न केही बहानामा फेरि भन्सार खुकुलो बनाइएको छ । यहा“का व्यवसायीले सधै क्लालिटी, क्वान्टिटी र मूल्यमा ध्यान दिन्छन् । तर, सीमापारी त्यस्तो हु“दैन भन्ने सेवाग्राही बुझ्नु पर्यो । खुला सीमानाका कारण अपेक्षित रुपमा व्यवसाय बढ्न सकेको छैन ।

 

 

 

नाफा बढी लिंदा सीमापार आकर्षण त बढेको होइन ?
त्यस्तो होइन । २० रुपैयाको सामान पसलमा बेच्ने हो भने त्यसलाई महङ्गो भनिन्छ तर, त्यही माल फुटपाथमा २० रुपैयामा बेच्ने हो भने सस्तो ठानिन्छ । ठिक त्यस्तै हो सीमापारको आकर्षण । सोंच नै सीमापार वस्तु सस्तो पाइन्छ भन्ने छ । तर, भारतमा जिएसटी लागेपछि ५ देखि १८ प्रतिशत अतिरिक्त शुल्क लाग्छ । तर, नेपालका नाममा भारतबाट सामान आउ“दा त्यो जिएसटी छुट हुन्छ । रुपैडिहाको व्यापारीले जिएसटी तिर्नैपर्छ । त्यही रकम नेपाली व्यवसायीले भन्सारमा तिर्छन् । यसकारण पनि नेपालमा भन्दा भारतमा सबै सामान सस्तो हुन्छ भन्ने छैन । कतिपय नेपाली कम्पनीका सामान रुपैडिहामा बिक्री हुन्छ । नेपाली सेवाग्राहीले आफ्नै देशको कम्पनीको उत्पादन पनि रुपैडिहाबाट खरिद गरेर ल्याउने गर्दछन् । केही सामान रुपैडिहामा सस्तो होला तर, त्यही सोंचले सेवाग्राहीले सबै समान रुपैडिहामा नै सस्तो पाइन्छ भनेर बुझिन्छ ।

 

जिएसटीले नेपाली व्यवसायीलाई समस्या परेको छ ?
हो, सामान ल्याउदा भन्सार मूल्यांकनमा समस्या भएको थियो । जस्तै, २ सय २५ रुपैया एउटा सुट ल्याउदा त्यही मूल्यांकनका आधारमा भन्सार तिरेर व्यवसायीले ल्याउथे । तर, ८० रुपैया“ वा १ हजार ५ सयको सुट ल्याउदा पनि त्यही २ सय २५ रुपैयाको मूल्यांकन कै भन्सार तिर्नुपथ्र्यो । तर, जिएसटी लागु भएपछि जिएसटी बिलको आधारमा भन्सार तिर्नुपर्छ । सामान जति मूल्यको त्यही बमोजिम भन्सार तिर्नुपर्ने व्यवस्था भएको छ । बिल मूल्यलाई आधार मान्नु राम्रो नै मान्छु पर्छ ।

 

 

 

अबका दिनका प्राथमिकता के हुन् ?
व्यवसाय सग सम्बन्धित विविध पक्षहरु राम्रो व्यवस्थापन भयो भनेमात्र व्यवसाय चल्ने हो । भन्सार, यातायात, सडक, बिजुली, रोजगारी, राजनीतिक स्थिरता लगायतका सबै विषय वस्तु व्यवसाय सग जोडिएका छन् । सबै पक्ष सबल भयो भने व्यवसायिक क्षेत्र पनि फष्टाउदै जाने हो । जनप्रतिनिधि आएपछि संघको सामाजिक दायित्व हिजोका दिनमा जत्तिकै रहेको छ । व्यवसायीका समस्या पहिल्याउदै तिनका समाधानका नै हाम्रो प्राथमिकता हो । श्रम कै कुरा गर्दा यहा“का हाम्रा दाजुभाई बिदेश जाने र यहाका औद्योगिक क्षेत्रले श्रमिक नपाउएको अवस्था । त्यसका लागि पनि संघले काम गर्यो । उद्योग र श्रमिकहरु बीच संघले समन्वय गरेको छ । त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । व्यवसायी–बैंक बीच लगानी र व्याजमा आएका समस्या समस्या बारे पनि छलफल गर्यांै । त्यसलाई पनि निरन्तरता दिइनेछ । सामाजिक सद्भावको क्षेत्रमा समेत संघले काम गरेको छ । आगामी बर्ष पनि नेपालगन्जको विशिष्ट परिवेशमा सामाजिक सद्भावका लागि संघले पूरा गर्नुपर्ने दायित्व हामीले पुरा गर्नेछौं । एक्जिम कोडका लागि पनि संघले यस बर्ष सहजीकरण गर्यो । र, आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।
संघ अब ५०औं बर्ष प्रवेश गर्दछ । हामीले २५ औं साधारणसभा र ५०औं बर्षगा“ठ भव्य रुपमा मनाउने योजना छ । आगामी माघ ११ देखि राष्ट्रिय स्तरको मेला महोत्सव आयोजना गर्दैछौं । त्यसमा विगतमा भन्दा केही नया“पन दिने हाम्रो प्रयास छ । साप्ताहिक हाट बजार पनि प्रक्रियामा छ । रिज्म मार्फत धेरै रकम लगानी गरिएको छ ।
बहुउद्देश्यीय सभा गृह ८०÷९० करोडको योजना हो । त्यसमा लगानीका लागि सरकारस“ग आग्रह गरेका छौं । तर, प्रयास भने सफल भैसकेको छैन । विभिन्न अन्य निकायस“ग पनि सहयोगका लागि आग्रह गरेका
छौं ।

 
सेजका लागि दुई/तीन ठाउमा जग्गा हेरेका छौं । कचनापुरमा आवश्यक जग्गा पहिल्याइएको छ । त्यसमा काम भैरहेको छ । नेपालगन्जमा रहेको औद्योगिक क्षेत्र सार्न पनि सम्भावना अध्ययन भैरहेको छ । यि कामहरु ठूला योजना हुन् ।

पर्व लक्षित गुणस्तरीय सामानका लागि संघले के गर्नेछ ?

हो, पर्व नजिकिंदै छ । संघले व्यवसायीहरुस“ग पनि यसबारे कुरा गरेको छ । व्यवसायीहरुले यसमा पूर्ण ध्यान दिइरहेको छन् । क्वालिटी, क्वान्टीटिका सामान पाइन्छ । तर, ग्राहकले पनि राम्रो क्वालिटिको वस्तु खरिद गर्नुपर्यो । व्यवसायीप्रति विश्वास गर्नुस् । उपभोक्ता सचेतनाको पनि आवश्यकता भने छ । उपभोक्ताले पनि कुन सामान कस्तो भन्ने व्यवसायीबाट जानकारी लिनुपर्छ र व्यवसायी त्यस्ता सूचना दिन सधै तयार रहेका छन् । उपभोक्तालाई चाहिने सबै गुणस्तरीय सामान यहा“ नै पाइन्छ । उपभोक्ताले पनि आफ्नै देशमा वस्तु खरिद गरी यहाको व्यवसाय बढाउनु पर्छ । चाड पर्वका बेला मात्र नभएर प्रशासनले पनि निरन्तर बजार अनुगमन गर्नुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया