दसैंका लागि आयो नया नोट

आगामी दसैं, तिहार लगायतका पर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नया“ नोट बजारमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक नेपालगन्जका अनुसार, दसैँका लागि आगामी साता बुधबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।

 

 
नेपाल राष्ट्र बैंक नेपालगन्जका अनुसार, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट नयाँ नोटहरु साट्न पाइने छ । ‘मध्यपश्चिमका विभिन्न १३ जिल्लामा नेपालगन्जबाट भदौं २८ गतेदेखि नै नया नोट वितरणका लागि आवश्यक व्यवस्था मिलाइसकिएको छ’, नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक गुरु प्रसाद पौडेलले दैनिक नेपालगन्जस“ग भने । पौडेलका अनुसार, नेपालगन्ज बाहेक राप्तीका ३ र भेरी कर्णालीका १० जिल्लामा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा रहेको नोट कोषमा आवश्यक रकम पठाइ सकिएको हो ।

 
‘माग अनुसार सर्वसाधारणलाई रकम दिंदै निकै ठूलो परिमाण आवश्यक पर्ने हुदा केही लिमिटेसन बनाइएको छ’, राष्ट्र बैंक नेपालगन्जका निर्देशक पौडेलले भने, ‘एकजनाले अधिकतम २७ हजार रुपैयाँ बराबर नया नोट साट्न सक्नेछन् ।’ उनका अनुसार, बैंकिङ कार्यालय खुल्ने अवधिसम्म सर्वसाधारणले नोट साट्न पाउने छन् ।

 
राष्ट्र बैंकका अनुसार, आगामी साता बुधबार देखि सर्वसाधारणले ५, १०, २०, ५० र एक सय दरका नोटहरु साट्न पाउने छन् । सर्वसाधारणले साट्नका लागि राखेका प्रत्येक नोटहरु एक सयका दरमा प्याकेट बनाएर सोही आधारमा साट्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया