युवा विद्यार्थीहरुमा सूचना प्रविधिको व्यवसायिक सम्भावना देखाउन क्यान महासंघले पहल सुरु गरेको छ । त्यसका लागि देशका विभिन्न ठाउहरुमा उच्च शिक्षाको प्रारम्भमा रहेका विद्यार्थीलाई ‘अनुशिक्षण’ सुरु गरिएको हो ।
क्यान महासंघको आइसिटि इन रुरल डेभलपमेन्ट कमिटिले त्यसका लागि विभिन्न जिल्लामा कार्यशाला गोष्ठी सञ्चालन गरिरहेको छ । ‘विद्यार्थीहरुले आइसिटिमा आफ्नो भविष्य देखुन् भन्ने उद्देश्यले यसखालका कार्यशाला आयोजना गरिएको हो’, क्यान महासंघका उपाध्यक्ष संजय थापाले भने ।
शुक्रबारदेखि नेपालगन्जमा बा“केका निजी तथा सामुदायिक १२ वटा विद्यालयका ६२ जना विद्यार्थीका लागि दुई दिवसीय कार्यशाला सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले ‘व्यवसायको रुपमा आइसिटि’ विषयक कार्यशाला गोष्ठीको शुभारम्भ गरिन् । ‘सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझिंदा यसको यसको दुरुपयोग बढ्यो’, उपप्रमुख थापामगरले विभिन्न दृष्टान्तहरु अघि सार्दै भनिन्, ‘यसलाई सिर्जनशिल प्रयोगमा ध्यान पुर्याइनु पर्दछ ।’ सार्वजनिक सेवामा प्रविधिको प्रयोगमा जोड दिंदै उपप्रमुख थापा मगरले नेपालगन्ज आइसिटिको प्रयोगमा निकै कमजोर भएकाले उपमहानगरपालिका निजी क्षेत्रस“ग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताइन् ।
क्यान महासंघ बाकेका अध्यक्ष भुपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलिकमका निर्देशक गुणकेशरी प्रधानले राजधानी बाहिर आइसिटिको अभियान चलाउन क्यान महासंघले यसखालको कार्यशाला गरेको बताइन् । क्यान महासंघका सचिव सुनयना पाण्डेले आइसिटिमा युवा विद्यार्थीहरुको सुनौलो भविष्य रहेको औंल्याइन् । ‘बर्षेनी आइसिटिका प्रयोगकर्ता दोब्बर भैरहेका छन्’, कार्यशालामा सहजकर्ता दिपेश प्रधानले भने, ‘सरकार पनि आफ्ना सेवाको डिजिटलाइजेशन गर्दैछ ।’ यसले आइसिटिमा सुनौलो भविष्य रहेको प्रधानको जोड थियो ।
क्यान महासंघ बाकेका कोषाध्यक्ष भोजराज तिमिल्सिनाले विषय प्रवेश गराएको कार्यक्रम सञ्चालन सचिव रमण शर्माले गरेका थिए । सहभागी विद्यार्थी ऋषिकेश गौतम र चेतना रिजालले इन्टरनेटको गरिरहेका आफुहरु यसको वास्तविक ज्ञान र व्यवसायिकरण बारे थाहा पाउन सकिएको धारणा राखे ।
कार्यक्रममा क्यान बा“केका संस्थापक अध्यक्ष इश्वर पोखरेल, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष किशोर पन्त लगायतले पनि बोलेका थिए ।