बाकेमा ट्राफिक उल्लंघनका घटनामा राजश्व असुली बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बा“केले दिएको जानकारी अनुसार, पछिल्लो आर्थिक बर्ष २०७३/०७४ मा बाकेमा ट्राफिक उल्लंघनका १२ हजार ४ सय ३६ घटना भएका छन् ।
ती घटनाबाट उल्लंघनकर्ता चालकहरुसग ६३ लाख ५३ हजार ५ सय रुपैया ट्राफिक प्रहरीले राजश्व असुली गरेको छ । ‘यो राम्रो संकेत होइन’, प्रहरी अधिकृतहरु भन्छन्, ‘प्रहरीले ट्राफिक राजश्व बढ्दा चिन्ता गर्ने अवस्था पनि बढ्छ ।’
त्यसअघिल्लो बर्ष १३ हजार ९ सय ९६ ट्राफिक उल्लंघनका घटना बाके प्रहरीमा रेकर्ड छन् । प्रहरीका अनुसार, आर्थिक बर्ष ०७२/०७३ मा बाके प्रहरीले ३६ लाख ३३ हजार ५० रुपैया राजश्व असुली गरेको थियो । त्यसअघिल्लो बर्ष राजश्वको रकम कम भएपनि ट्राफिक कारवाहीको संख्या भने उच्च छ ।
आर्थिक बर्ष २०७०/०७१ मा १४ हजार ८ सय ३६ जनालाई ट्राफिक उल्लंघनको कसुरमा सजाय गरिएको छ । त्यसबर्ष २९ लाख ४० हजार रुपैया राजश्व असुली भएको छ । राजश्वका दररेटमा परिवर्तन र प्रहरी कारवाहीले घटनाको तुलनामा राजश्व असुली बढी देखिएको हो ।