नेपालगन्जमा हाट बजार पहल

नेपालगन्जमा साप्ताहिक हाट बजारको अवधारणा कार्यान्वयनमा ल्याउन खोजिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले नगरभित्र हाट बजारको परिकल्पना गरेको हो ।

 
खासगरी कृषि उत्पादनलाई सोझै उपभोक्ता माझ पुर्याउन हाट बजारको अवधारणा ल्याइएको संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । ‘हाम्रो सोंच कृषिका लागि सीमा बजार निरुत्साहित होस् भन्ने हो’, अध्यक्ष वैश्यले त्यसका लागि आवश्यक योजना अगाडी बढाइएको जानकारी दिंदै भने ।

 
हाट बजारका लागि बुधबार सरोकारवालाहरुसग समन्वय बैठक पनि गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले हाट बजारका लागि कृषि विकास कार्यालय र नेपालगन्ज उपमहानगरपालिकास“ग समन्वय गरेको जनाएको छ । ‘नेपालगन्ज उपमहानगरपालिकाले हाट बजारका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ’, संघका अध्यक्ष वैश्यले आफुहरुले यसअघि रामलीला मैदानलाई साप्ताहिक हाट बजारका लागि उपयुक्त स्थान देखेपनि स्थायी नभएकाले समस्या भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया