टेलिकमको अफर विदेशबाट आएको कल उठाउदा बोनस पाउने

 

 

नेपालगन्जन्यूज । नेपाल टेलिकमले विदेशबाट कल आउँदा बोनस पाउने अफर सार्वजनिक गरेको छ । जीएसएम सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल र ७ एसएमएस निशुल्क पठाउन सक्ने छन् ।

 
यसै गरी १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक एक हजार मा उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस भन्दा अघि २५६ केबीपीएस गतिको एडिएसएल मासिक १ हजार १७ पर्दथ्यो ।

 
यसै गरी भोल्यूम बेस्ड एडीएसएलको पनि मूल्य घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १ हजार ९ सय ८० शुल्क लिइएकोमा अब १५ जीवी डाटा ३ सय मै उपलब्ध हुने छ । २५ जीवी डाटाको ५ सय र ४० जीवी डाटाको ७ सय तोकिएको छ । भोल्यूम बेस्ड एडीएसएलको गति १ एमबीपीएस हुने टेलिकमले जनाएको छ ।

 
यो अफर साउन १६ गते देखि लागू हुने र ९० दिनसम्म उपलव्ध हुने नेपाल टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया