बाँकेमा तरकारी खेती बढ्ने संकेत

ममता थापा

बाँकेमा यो वर्ष बसन्ते तरकारी खेतीको उत्पादन बढ्ने भएको छ ।

गत वर्ष भन्दा बसन्ते तरकारी खेती गर्ने किसानको सङ्ख्या र जमिन बढेपछि उत्पादन पनि बढ्ने भएको हो । जिल्लामा १ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा बसन्ते तरकारी खेती हुँदै आएको छ । यो वर्ष अघिल्लो वर्ष भन्दा ५० हेक्टरले बढेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु भएपछि बसन्ते तरकारी खेतीमा थप वृद्धि भएको हो । लगानी अनुसारको प्रतिफल राम्रो पाइन थालेपछि बाँकेमा बसन्ते तरकारी खेतीप्रतीको किसान आकर्षण बढ्दै गएको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्ला कृषिले वर्षेनी सिचाँईमा लगानी गरेकाले बसन्ते तरकारीको उत्पादनमा पनि वृद्धि हुदै आएको जनाएको छ । कृषि कार्यालयले किसानहरुलाई प्राविधिक सहयोग पुर्याउँदै आएको
छ ।

प्रतिक्रिया

प्रतिक्रिया